काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप २५ सय कोरोना संक्रमित थपिएका छन्। शनिबार दुई हजार ५२७ जना संक्रमित थपिएका हुन्। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ।
यसैगरी कोरोनाबाट यस अवधिमा ३३ जनाको मृत्यु भएको छ। संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकको संख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ।
शुक्रबार भारतमा दुई हजार ४५१ जना संक्रमित थपिएका थिए। उक्त दिन ५४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो।