• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय चुनावलाई ८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई

  • वीरगंज संजाल
  • १० बैशाख २०७९, शनिबार १७:५७
  • २४५३

    निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाउन लागेको जानकारी दिए ।

    उनले सामाजिक सञ्जालमा भइरहेको विकृतिहरुलाई अनुगमन गर्न आयोगले एउटा टोली बनाएको र आइतबारदेखि सो टोलीले अनुगमनलाई अघि बढाउने जानकारी गराए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले स्टुडियोमा बसेर गरेको कुराकानी पनि सामाजिक सञ्जालमा आएमा त्यो पनि अनुगमनको दायरामा ल्याउन सकिने बताए । साथै दलको आधिकारिक नाम भएको सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्दैमा आचारसंहिता लागि नहाल्ने उनको भनाई छ ।

    यस्तै आयुक्त थपलियाले देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई परिचालन गरिएको बताए । वैशाख १७ गते दलका उम्मेदवार टुङ्गो लागेपछि मात्रै आचार संहिता लागू भएको नभएकोबारे कडाईका साथ अनुगमन गर्ने उनको भनाई छ ।

    प्रमुख आयुक्त थपलियाले स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य उम्मेदवार उठाउँदा संविधानको धारा ३८ को ४ अनुसार कम्तिमा एक तिहाई महिला उठाउनुपर्ने बताए । उनले दलहरुले महिलाहरुको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनेमा आयोग विश्वस्त रहेको बताए । उनले आयोगले यो वर्ष ८७ प्रकारका मतपत्र डिजाइन गरेर जिल्ला जिल्लामा पठाइरहेको बताए । अघिल्लो पटकको चुनावमा १० प्रकारमा मात्र मतपत्र रहेकोमा यो वर्ष डिजाइनको संख्या बढाइएको बताए ।

    मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने बताए । उम्मेदवारको टुङ्गो लागेपछि चुनाव हुने मिति थोरै हुने भएकोले ६ हजार ७ सय ४३ वडामा त्यति नै प्रकारका मतपत्र बनाउन कठिनाई हुने उनको भनाई छ । तर भक्तपुरका नगरका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छापेर पठाउने तयारी रहेको उनको भनाई छ ।

    थपलियाले कुनै जिल्लामा मतदान अधिकृतको कार्यालयबाट मतदानस्थलसम्म पुग्न ३ दिनसम्म लाग्ने अवस्था समेत रहेको बताउँदै वैशाख २६ गतेभित्र सबै मतदानस्थलमा मतपत्र पुगिसक्ने उनले बताए । सञ्चारकर्मीको प्रश्नको जवाफका क्रममा उनले जुन दलको चिन्हबाट उम्मेदवारले चुनाव लड्छ उ सोही दलको उम्मेदवार हुने बताए । कसैले स्वतन्त्र चुनाव चिन्हबाट चुनाव लडेमा स्वतन्त्र उम्मेदवार हुने उनको भनाई छ । साथै आयोगले भोलि आइतबार र पर्सी सोमबार उम्मेदवारी दर्ताको तयारी पूरा भएको पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑