• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय चुनाव महानगरको मतपत्रमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न रहने थप सामग्री

  • वीरगंज संजाल
  • १० बैशाख २०७९, शनिबार १७:५४
  • २९२५

    महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्रमा उम्मेदवार भएका पार्टीको चुनाव चिह्न मात्रै रहने भएको छ।
    निर्वाचन आयोगले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तहको चुनावको तयारीबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र वैशाख १७ गतेपछि मात्रै छापिने बताए।

    “भक्तपुरका चार नगरपालिका र देशभरका ६ महानगरपालिकाको मतपत्र वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि डिजाइन गरेर प्रिन्ट गरि छपाइका लागि पठाउने तयारी गरेका छौं,” थपलियाले भने।
    अब ६ वटै महानगर र भक्तपुरका चार वटा नगरपालिकाको मतपत्रमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न रहने भएको छ। अन्य स्थानीय तहको मतपत्रमा भने जिल्लामा दर्ता भएको सबै दलको चुनाव चिह्न रहनेछ।

    “यो निर्णय आज गरिएको होइन, एक महीनाअघि नै गरेका थियौं,” थपलियाले भने, “प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि यस्तै गर्दै आएका छौं।”
    देशभरी नै उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिह्न मतपत्रमा राख्न खोजेको भए पनि सम्भव नभएको उनले बताए। फरकफरक किसिमका मतपत्र भएकाले छपाइ गरी ढुवानी गर्दासम्म समय लाग्ने भएकाले नसकिएको उनको भनाइ थियो।

    गत वर्ष १० प्रकारका मतपत्र छापिएको भए पनि यस पटक भने ८७ प्रकारका मतपत्र रहेको उनले जानकारी दिए। जसमा ७७ जिल्लाका ७७ प्रकारका मतपत्र रहेका छन्। त्यस्तै, ६ वटा महानगरका ६ प्रकारका र भक्तपुरका चार वटा नगरपालिकाका चार प्रकारका मतपत्र छापिने उनले बताए।
    अन्य जिल्लाका मतपत्र छापी सकिएको छ। ६ वटा महानगर र भक्तपुरका चार वटा नगरपालिकाको भने वैशाख १७ गतेपछि छापिनेछन्।

    “सबैभन्दा राम्रो त जति उम्मेदवार छन्, मतपत्रमा त्यति नै चुनाव चिह्न हुनु हो, तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि छाप्नुपर्ने भएकाले गाह्रो भयो,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
    वैशाख १७ गतेपछि सबै मतपत्र छापेर पठाउन नसकिने भएकाले अहिले महानगर र नजिक रहेको भक्तपुरका चार नगरपालिकामा मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्ने तयारी गरिएको उनको भनाइ थियो।

    निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसपछि उम्मेदवारीमाथि उजुरी आह्वान, उजुरीमाथि छानविन, उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पूरा गरेर वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। वैशाख ३० गते मतदान हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते
  • वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑