माथिसा पथिरानाले जारी सिजनको आइपीएल चेन्नेई सुपर किंग्सबाट खेल्ने भएका छन् । उनले न्युजिल्याण्डका पेस बलर एडम मिल्नेलाई प्रतिस्थापन गर्ने जनाइएको छ ।
मिल्ने चेन्नेईको पहिलो खेलमा घाइते भएका थिए । कलकत्ताविरुद्धको खेलमा मिल्ने ह्यामस्ट्रिङको चोट बोक्न पुगेका थिए । उनी अब यस सिजनको आइपीएल गुमाउनेछन् ।
मिल्नेको स्थानमा आएका पथिनारा १९ वर्षिय श्रीलंकाली मिडियम पेस बलर रहेका छन् । उनले २०२० र २०२२ को यु–१९ विश्वकपमा सामेल भएका थिए ।
चेन्नेईले उनलाई २० लाख भारुमा आफ्नो टोलीका आवद्ध गरेको छ ।
जारी सिजनको आइपीएलमा गुजरातले ज्यासन रोयको रमनउल्ला ग्रुरबाजलाई भित्र्याएको छ ।
त्यस्तै कलकत्ताले एलेक्स हेल्सको ठाँउमा आरुण फ्रिन्च र रशिक डारको स्थानमा हस्रित रानालाई लिएको छ ।
उता लखनाऊले मार्क उडका स्थानमा एन्ड्रीयु टाई बैग्ंलोरले लुभनिथ सिसौडियाको ठाँउमा रजत पटिदारलाई आफ्नो टिममा सामेल गरेको छ ।