• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युतीय ट्याक्सीको मापदण्डमा त्रुटि नै त्रुटि

  • वीरगंज संजाल
  • ५ बैशाख २०७९, सोमबार १४:१९
  • २७१३

    ५ वैशाख, काठमाडौं । बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड ल्याएको छ । बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालयले ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ जारी गरेको छ, जसमा अनेकन प्राविधिक त्रुटि र कमजारीहरु भेटिएका छन् ।

    साधारण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा बिजुली ट्याक्सी चलाउने गरी प्रदेश सरकारले मापदण्ड ल्याएको हो । मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय नै किन्नुपर्ने छ ।

    सरकारले साधारण र डिलक्सका लागि छुट्टाछुट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिएको छ । २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्नेछ । ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ
    मापदण्डमा तोकिएका ट्याक्सीका प्राविधिक स्पेसिफिकेसनमा भने अनेकन त्रुटिहरु छन् । डिलक्स ट्याक्सीमा पनि विशिष्ट सेवा सुनिश्चित गरिएको छैन ।

    प्रदेश सरकारले विशेष प्रकृतिका ट्याक्सीमा रुपमा सेडान कार र भ्यान दुबै प्रयोग गर्न सकिने उल्लेख गरेको छ । अहिलेसम्म नेपालमा भ्यानलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने अभ्यास छैन । मन्त्रालयले ‘ट्रान्समिसन’लाई ‘ट्रान्ज्याक्सन’ शब्द उल्लेख गरेर अटोमेटिक हुनुपर्ने व्यवस्था गरेको छ ।

    बुट स्पेस (डिकी) साधारण ट्याक्यसीको लागि २०० र विशेषका लागि २५० माथि भनिएको छ । तर, त्यो लिटर, घन मिटर वा घन फिट के हो भन्ने खुलेको छैन ।

    मापदण्डमा साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट आवर र विशेषको ५० किलोवाट आवर भनिएको छ । जबकी गाडीको मोटर क्षमता किलोवाटमा मात्रै गणना हुन्छ । गाडीको टर्क कति हुनुपर्ने भन्ने न्यूनतम् मापदण्ड समेत तोकिएको छैन ।

    सरकारले साधारण ट्याक्सीलाई सेडान गाडी प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको छ । तर, बुट स्पेसको मापदण्ड तोकिएपछि सेडान गाडी नै किन अनिवार्य गरियो भन्ने स्पष्ट छैन
    साधारण ट्याक्सीमा दुर्घटना हुँदा खुल्ने ‘एयरब्याग’ ड्राइभरका लागि मात्रै अनिवार्य गरिएको छ । धेरै भाडा खर्चिन नसक्ने यात्रुको सुरक्षा पक्षलाई ध्यान दिएर मापदण्ड बनाइएको छैन ।
    जीपीएस सिस्टम ‘उपलब्ध’ हुनुपर्ने भनिएको छ, त्यो उपलब्ध हुनुपर्ने हो किन अनिवार्य हो भन्ने स्पष्ट छैन ।
    यातायात व्यवस्था विभागका एक प्राविधिकका अनुसार मापदण्डमा उपलब्ध भन्ने शब्द कम्पनीहरुले फिचर्स उल्लेख गर्दा लेख्छन् । सरकारी मादण्डमा अनिवार्य भनेर जनाउनुनपर्ने हो ।

    साधारण ट्याक्सीमा एन्टी ब्रेक सिस्टम (एबीएस) अनिवार्य त गरिएको छ, तर त्योसँगै महत्वपूर्ण इलेक्ट्रोनिक्स ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी) सिस्टम अनिवार्य गरिएको छैन । जबकी एबीएएसससँग अहिले ईबीबी अनिवार्यजस्तै भइसकेको छ ।

    साधारण ट्याक्सीमा पार्किङ सेन्सर राख्न बाध्य परिएको छैन भने डिलक्समा अनिवार्य गरिएको छ । सुरक्षासँग सम्बन्धित पार्किङ सेन्सर किन साधाराण ट्याक्सीमा अनिवार्य गरिएन भन्ने खुलेको छैन ।

    एसीको सुविधा डिलक्समा मात्रै अनिवार्य गरिएको छ, जबकी ट्याक्सीका लागि अब एसी न्यूनतम् सुविधा बनाउनुपर्ने अवस्था छ । ‘अप्सनल’ भन्ने शब्दा गाडीको जानकारी दिने व्यावसायिक ब्रोसरमा मात्रै उल्लेख हुन्छ ।

    ट्याक्सीको उकोलो चढ्ने क्षमता (ग्रेडिबिलिटी) कति हुनुुपर्ने भन्ने मापदण्डमा उल्लेख नै छैन । ट्याक्सी चार्ज गर्न लाग्ने समयबारे पनि प्राविधिक मापदण्ड समेत तोकिएको छैन ।

    ट्याक्सीमा सेन्ट्रल लकिङ, सिट बेल्ट रिमाइन्डर, हाइ स्पिड अर्लाम सिस्टम जस्ता सुरक्षा फिचर्स राखिएकै छैन । सवारीको ह्विलबेस, गाडीको तौल र ब्याट्रीको सञ्चित हुने ऊर्जाबीचको न्यूनतम् अनुपात समेत उल्लेख छैन ।

    विशेष (डिलक्स) ट्याक्सी भनिएपनि त्यसमा वाइफाइ, गाडीभित्रको हेड रुम, लेगरुमसहितको पर्याप्त स्पेस मापदण्ड, मोबाइल चार्ज गर्ने सुविधा, कप होल्डर, र विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, टाउको अड्याउने हेड रेस्ट, पछाडिसम्म वातानुकलित गर्ने गरी एसी, पछाडिको भागमा टच स्क्रिनसहितको डिस्प्ले र साउन्ड सिटम अनिवार्य गरिएको छैन ।

    साना ठूला सवारी कार्यालयका प्रमुख मदन पोखरेल मन्त्रालयले जारी गरेको मापदण्ड राजपत्रमा प्रकाशित हुन बाँकी रहेको बताउँछन् ।

    ‘मैले यो मापदण्डबारे अध्ययन गरेर सुझाव दिन तीन जना मेकानिकल इन्जिनियररुलाई भनिसेको छु,’ उनले भने, ‘कुनै त्रुटि भएर राजपत्रमा प्रकाशित हुँदा सच्याउँछौं
    विकल्पमा थियो बिजुली ट्याक्सी

    यसअघि संघ सरकारले पनि विद्युतीय ट्याक्सी पनि चलाउन पाउने गरी मापदण्ड बनाएर प्रदेशमा पठाएको थियो । तोकिएको मापण्डभित्रका पेट्रोल गाडी वा विद्युतीय गाडी दुबै ट्याक्सीमा रुपमा प्रयोग गर्न सकिने गरी मापदण्ड बनाइएको थियो । तर, अहिले प्रदेशमा ट्याक्सीमा विद्युतीय सवारी नै अनिवार्य गर्दै लैजाने व्यवस्था गरेको हो ।
    संघ सरकारको मापदण्डले पेट्रोल गाडीतर्फ ट्याक्सीका लागि १२ सय सीसीको इन्जिन अनिवार्य गरेको थियो भने विद्युतीयतर्फ ३९ किलोवाट मोटरको ट्याक्सी अनिवार्य गरेको थियो ।
    विद्युतीय ट्याक्सीमा लिथियम आयोन ब्याट्री अनिवार्य गरिएको थियो भने पेट्रोल तथा विद्युतीय दुबै ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी, डिजिटल मिटरसहितको प्रि न्टर, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गर्न प्रदेशलाई भनिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
  • पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु
  • नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    News

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    News

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑