• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किसान मतदाताका गुनासाे : सिँचाइ छैन, मल बीउ पाइँदैन

  • वीरगंज संजाल
  • ५ बैशाख २०७९, सोमबार १४:०७
  • २८२१

    ५ वैशाख, गलेश्वर। स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।

    गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने, बार–थाँक्रा हाल्ने, सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसान व्यस्त छन् । राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद छैन । “हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिँचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन्”, बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटा भन्छन् ।

    शनिबार आँगनमा गहुँ चुट्दै गरेका सापकोटाले गाउँमा सडक र सञ्चारको विकास भए पनि कृषि क्षेत्रमा भने खासै उपलब्धि हुन नसकेको बताए ।

    “अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन”, सापकोटाले भने, “समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन ।”

    म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तहमा ४५ वडा छन् । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै पालिका र वडा ग्रामीण क्षेत्र हुन् । यहाँका ९० प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्र र कृषि पेशासँग आबद्ध छन् ।

    किसानलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु पनि भएको रघुगङ्गा गाउँपालिका–४ का चित्रबहादुर पुर्जाले बताए ।

    किसानलाई चुनावकोभन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्ने र कतैकतै चैते धान रोप्नेको छ । उनीहरुले आफूहरुका लागि कामभन्दा ठूलो चुनाव नहुने बताएका छन् । बगरफाँटका कृषक टीकाबहादुर कार्की भन्छन्, “समय भयो भने भोट हाल्न जानुपर्ला तर, भाषण सुन्ने र उनीहरु नेतासँग हिँड्ने फुर्सद मलाई छैन ।”

    “अधिकांश मतदाता गाउँमा छन्, गाउँमा कामको चटारो छ, हामी किसानका खेतबारीमा नै गएर आफ्ना कुरा सुनाउँछौँ, केही दिनपछि काम पनि कम होला र प्रचार अभियानले पनि गति लेला”, कार्कीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑