अमेरिकालाई रुसको औपचारिक चेतावनी–युक्रेनलाई थप हतियार दिए परिणाम अकल्पनीय
रुसले आक्रमण सुरु गरेयता तीन हजार युक्रेनी सैनिकको निधन भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। अरु १० हजार सैनिक घाइते भएको उनले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका ज्याक टेपरसँगको अन्तर्वार्ताको क्रममा उनले युद्धमा हताहत भएका सैनिक र घाइतेबारे जानकारी गराएका हुन् ।
महिना दिनअघि जेलेन्स्कीले युद्धमा मारिने युक्रेनी सैनिकको संख्या १३ सयको हाराहारीमा रहेको बताएका थिए । उनले रुसी सैनिकमा हताहती अधिक भएको दाबी गर्दै आएका छन् । दुवै पक्ष (युक्रेन र रुस) ले युद्धमा विपक्षीलाई ठूलो क्षति भएको दाबी गर्दै आएका छन् ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले रासायनिक आक्रमण गर्न सक्ने बताएका छन्। सिएनएनसँगको अन्तर्वार्ताको क्रममा उनले अझै पनि रुसबाट रासायनिक आक्रमणको जोखिम रहेको बताए ।