• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमालेबाट पोखराको मेयर–उपमेयरका लागि दर्जनभन्दा बढीको नाम सिफारिस

  • वीरगंज संजाल
  • २ बैशाख २०७९, शुक्रबार १६:३५
  • ३२१७

    पोखरा– एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेद्वार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ ।

    मेयरमा १२ र उपमेयरमा नाैजनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो ।

    ‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो । हलको बहुमत सर्वसम्मत सिफारिसमा आएपछि मतदान प्रक्रियामा लैजान सकेनौं,’ महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भने, ‘अहिलेको अवस्थामा अरुसँग प्रतिस्पर्धा गर्नुपर्नेमा हामीबीचमै चुनाव हुँदा मन बाझिन सक्ने अवस्था टारेर सर्वसम्मत सिफारिस गरेका हौं ।’

    उनले सर्वसम्मत निर्णमा हलको दबाब भने पनि बैठककक्षबाट निस्किएका अधिकांशले गलत बाटो अपनाएको भन्दै आक्रोश पोखेका छन् । ‘वडाबाट सिफारिस हुँदा तीनजनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?,’ उनीहरूले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ । आफ्ना मान्छेले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’

    कतिपय आकांक्षीसमेत मतदानको पक्षमा थिए । एक आकांक्षी दर्शन लामाले भने, ‘जे भइरहेको छ, यो गलत हो । मतदान गरेर जसले जित्छ उसैको नाम पठाएको भए हुन्थ्यो ।’ उनले आन्तरिक प्रतिश्पर्धालाई गलत हिसावले लिन नहुने तर्क गरे । गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिपेर पनि शुक्रबार पुनः मनोनयन गरिएको थियो ।

    चार दिनसम्म सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेद्वार खोज्ने भनिएकोमा सबैको नाम माथिल्लो निकायमा पठाइएको हो । मंगलबार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज मनोनयन भने आकांक्षीबाहेक अरुले पनि गरेका थिए ।

    मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा-१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।
    उपमेयरमा पोखरा-१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेद्वारी दिएका थिए । यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले भने मनोनयन दर्ता गरेनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑