• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुरक्षा/अपराध मोबाइल चोरी काण्डमा ‘गलत मान्छे’लाई पिटेको बदलामा अर्जुन दासको हत्या!

  • वीरगंज संजाल
  • २ बैशाख २०७९, शुक्रबार १६:२८
  • ३२६१

    मोबाइल चोरी काण्डमा ‘गलत मान्छे’लाई पिटेको बदलामा अर्जुन दासको हत्य
    काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्याको कारण मोबाइल चोरी घटनाबाट सिर्जित परिणाम रहेको देखिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दासको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

    गत पुस ३ गते जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अर्धनग्न बनाएर बाँधी टाउको र शरीर छिनाएर हत्या गरिएको अवस्थामा दासको शव फेला परेको थियो। उक्त घटनापछि एउटा अडियो समेत बाहिरिएको थियो। अडियोमा आफूहरुले अर्जुन दासलाई घाँटी छिनाएर हत्या गरेको जानकारी गराइएको थियो।

    अडियो सार्वजनकि हुँदा र मान्छे पहिचान हुँदा समेत हत्यारा पक्राउ पर्न सकेका थिएनन्। हत्या गरी भागेर भारत पुगेको समूहका ४ जनालाई पक्राउ गरी महाशाखाले सार्वजनिक गरेपछि हत्याको कारण खुलेको छ।

    महाशाखाको टोलीले कैलालीको जानकी गाउापालिका–९ का १९ वर्षीय मनोज भण्डारी, जानकी–९ कै १९ वर्षीय सुमित साउद, सोही ठाउँका बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    पक्राउ परकोहरुमाथिको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइल चोरी घटनाबाट सुरु भएको विवादको परिणाम दासको हत्या भएको खुलेको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए।

    चोरी आरोपमा गलत व्यक्तिले पिटाई खाँदा दासको हत्या
    कैलाली जानकी गाउँपालिकाकै कमल साउदको मोबाइल फोन मंसिरको अन्तिम दिन हराएको थियो। मोबाइल हराएको रात साउका साथी तथा हाल पक्राउ परेका सुमित साउद कमलसँगै उनको घरमा सुतेका थिए। त्यही राति मोबाइल हराएपछि कमलले सुमितलाई चोरीको आरोप लगाउँदै पिटेका थिए।

    दासको शव फेला परेको क्षेत्र (क्राइम सिन)
    आफूले पिटाइ खाएपछि सुमितले यो कुरा उनीहरुकै समूहका साथी मनोज भण्डारी र बमबहादुर बोहरालाई जानकारी गराएका थिए। कमल आफू लागुऔषध सेवनकर्ता र बिक्रेता समेत हुन्। त्यसको बदलामा भण्डारीसहितको समूहले कमलको करिब २५ हजार रुपैयाँ बराबरको नाइट्रोभेट लग्यो।

    मोबाइल चोरीको आरोपमा पिटाई खाएका सुमितले नै कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुन दास (पछि उनीहरुले हत्या गरिएका व्यक्ति)ले चोरेको पत्ता लगाएका थिए।

    अर्जुन दासले मोबाइल चोरेर आफ्नै छिमेकी हर्के भाटलाई दिएको पत्ता लगाई कमललाई मोबाइल फिर्ता समेत दिएका थिए।

    मोबाइल चोर्ने अर्जुन दास कुटाई खान म (सुमित) भन्दै उनीहरुले त्यसको बदलामा अर्जुनको हत्या गर्ने योजना बनाएर हत्या गरेको खुलेको एसपी तथा प्रवक्ता कृष्ण कोइराला बताउँछन्। ‘कमलको मोबाइल चोरी भयो। चारेको आरोपमा सुमितले कुटाई खायो। तर चोर्ने व्यक्ति अर्जुन (पछि हत्या गरिएका) भएपछि त्यसैको बदलामा अर्जुनलाई हत्या गरेको देखिन्छ’ एसपी कोइरालाले भने।

    लागुऔषध खान बोलाएर रुखमा बाँधेर हत्या
    मोबाइल चोरी भएको दुई दिनपछि पुस २ गते लागुऔषध खान बोलाएर अर्जुन दासको हत्या गरिएको पाइएको छ। मोबाइल चोरी आरोपमा सुमितले पिटाइ खाएपछि त्यसको बदलामा उनीहरुले कमलले बेच्ने गरेको लागुऔषध नाइट्राभेट चोरेर अमरावती सामुदायिक वनमा लुकाए थिए।

    त्यही नाइट्राभेट र गाँजा खान मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक, करण दर्नाल समेत भेला भएका थिए। उनीहरु यो जंगलमा बसेर अघि पनि नियमित लागुऔषध सेवन गर्दै आएका थिए। त्यही ठाउँमा पुस २ गते साँझ ६ बजेतिर अर्जुनलाई पनि उनीहरुले लागुऔषध खान बोलाएका थिए।

    सबै जना मिलेर लागुऔषध खाएपछि कमल साउदको चोरी भएको मोबाइल सुमितले पिटाई खाएको कुरा निकालेर अर्जुनलाई हातखुट्टा बाँधेर कुट्न थाले। करिब ५ घण्टासम्म हातखुट्टा बाँधेर उनीहरुले अर्जुनलाई कुटेका थिए। त्यसपछि मार्ने योजना बनाएर सुशील मयाललाई घरबाट खुकरी ल्याउन लगाएर उनीहरुले अर्जुनका हत्या गरेको खुलेको एसपी कोइरालाले बताए। खुकुरी दिएर मयाल भने घर लागेका थिए। यसरी १० जना मिलेर राति ११ बजेत अर्जुनको हत्या गरेको प्रहरीले जनाएको छ।

    हत्यापछि ६ घण्टासम्म घटनास्थलमै
    अर्धनग्न बनाएर खुरुमा बाँधेर हत्या गरेपछि करिब ६ घण्टासम्म उनीहरु घटनास्थलमै सुतेका थिए। लागुऔषध गाँजा र नाइट्राभेट खाएर हत्या गरेका उनीहरु त्यसपछि पनि करिब ६ घण्टासम्म घटनास्थलमै बिताएका थिए। दुई जना भने कोही आउँछ कि भनेर नसुति बसेका थिए भने बाँकी ८ जना भने सोही ठाउँमा सुतेर बिहानपख करिब ५ बजे उठेर फरार भएको पाइएको छ।

    ५ बजे उठेर मनोज, बादल, दिलिप, बमबहादुर, सुमित र विवेक सिंह भारतको दिल्ली तर्फ भागेका थिए। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर नखुलेका सुशीलको साथी नेपालमै लुक्ने भनेर बसेका थिए। उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सेकेको छैन।

    लागुऔषधको नसामा भारत बसेर भिडियो बनाउँदै प्रहरीलाई नै धम्की
    हत्यापछि मुख्य नाइके मनोजले कमल साउलाई फोन गर्दै अर्जुनलाई मारेको जानकारी गराएका थिए। उक्त अडियो समेत सार्वजनिक भएको थियो। कमल भने यो हत्यामा संलग्न नरहेको पाइएको एसएसपी कुँवरले बताए। उनी अहिले बलात्कारको कसुरमा पक्राउ परेका छन्।

    हत्यापछि भागेर भारत पुगेका उनै भण्डारीको समूहले त्यहाँ पनि लागुऔषधको नसामा भिडियो बनाउँदै प्रहरीलार्ई चुनौती दिँदै आएका थियो।

    भण्डारीले एक भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘हत्यारा हौं, पक्राउ गरेर देखा।’ उक्त भिडियो मुम्बईबाट बनाएर पोष्ट गरेको पाइएको छ। भण्डारीलेअहिले आफू शान्त बसेको बताउँदै तुफान आउनेवाला रहेको भन्दै भिडियोमा धम्की दिएका थिए। भण्डारीले भनेका थिए, ‘समुन्द्र तब शान्त हुन्छ, जब तुफान आउनेवाला छ। एके तेरा बाउ मारेको छु मैले कि श्रीमती लगेको छु? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्। दाइले के गर्‍या छ थाहा होला नि? क्रिमिनल हो हामी, क्रिमिनल !’

    पक्राउ परेका ४ जना आरोपीहरु, शुक्रबार अपराध महाशाखामा सार्वजनिक गरिँदै
    उक्त भिडियो सार्वजनिक भएपछि महाशाखाको टोली उनीहरुलाई खोज्दै भारत पुगेका थियो। स्रोतका अनुसार भारतबाटै पक्राउ गरी उनीहरुलाई काठमाडौं ल्याइएको हो।

    मनोज भण्डारीको बयान- गाँजा खाँदै काट्यौं, हत्यापछि त्यही सुत्यौं
    कमल साउद र सुमित साउद सँगै सुतेका थिए। अर्जुन दास कमल साउदको घरमा सधैं काम गर्ने जाने गर्थे। कमल साउदको मोबाइल हराएको थियो। उक्त मोबाइल उनकै घरमा काम गर्ने आउने अर्जुन दासले चोरेका थिए। तर कमलले भने उक्त मोबाइल त्यस दिन आफ्नो घरमा सुत्न आएका सुमितले चोरेको भन्ने ठानेका रहेछन्। मोबाइल हराएपछि पनि निरन्तर घरमा काम गर्न आइरहेकाले कमलले अर्जुनमाथि संका गरेका थिएनन्।

    अर्जुन दासले मोबाइल चोरेर आफ्नो घर छेउको सानो भाइ हर्के भाटलाई सीम फालेर राख्न दिएका थिए। त्यो कुरा कमललाई थाहा थिएन। कमलले सुमितलाई मोबाइल चारेको आरोप लगाएँदै पिटे। तर एक दिनपछि कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुनले चोरेको कुरा सुमितले पत्ता लगायो।

    त्यसपछि सुमितले यो कुरा हामीलाई सुनायो। कमलले नाइट्रोभेट भन्ने लागु औषध बेच्ने गर्थे। बदलामा त्यसको लागु औषध समेत हामीले उठाइदियौं।

    यो सबैको कारण अर्जुन दास हो। अर्जुनकै कारण सुमितले कुटपिट खायो भन्ने निष्कर्ष हाम्रो थियो। भोलिपल्टहामी जंगलमा नाइट्रोभेट र गाँजा खाँदै थियौं। त्यो जंगलमा हामी नियमित लागु औषध खान्थ्यौं। अर्जुन दास पनि लागु औषध खान आए। हामहिरु सबै एउटै समूहका हौं। यसअघि पनि सँगै बसेर लागु औषध खाँदै आएका थियौं। त्यतिकैमा अर्जुनलाई हामीले मोबाइल किन चोरिस् भनेर साध्यौं। अर्जुनले भने आफूले मोबाइल चोरेको कुरा कसैलाई थाहा नभएको भन्ने ठानेको रहेछ। तर सुमितले ‘तँ’ झुट नबोल मलाई सबै कुरा थाहा छ भन्यो।

    त्यसपछि अर्जुनलाई १० जना मिलेर पिट्यौं र रुखमा बाँध्यौं। त्यसतिबेलासम्म मार्ने प्लान केही थिएन। बाँधेर राख्यौं र फेरि गाँजा खान थाल्यौं। साँझ ६ बजेदेखि राति साँढे ११ बजेसम्म लागु औषध खायौं। खाँदाखाँदै सबैको योजना बन्यो अब अर्जुनलाई मार्नुपर्छ।

    त्यसपछि हतियार चाहिने भएकाले सुशील मयाललाई खुकुरी ल्याउन लगायौं। उसले घरबाट खुकुरी ल्याएर दिए। आफ्नो घर फर्किए। २ बजेतिर बाँधेर तीन जनाले घाँटी काटेका हौं। सुरुमा मैले घाँटीमा काटे। अनि दिलिप र सुमित खुकुरीले हाने।

    त्यसपछि हामी त्यही सुत्यौं। त्यतिबेला हामीलाई केही मतलब थिएन। के गर्‍यौं के गरेनौं केही होस थिएन। सबै जना झ्यापमा थियौं। हामी साढे ४ बजेतिर उठ्यौं। दुई जना सुतेका थिएनन्। उनीहरुले उठाए। त्यसबेला बल्ल हामीलाई लाग्यो गर्न नहुने काम गर्‍यौं। त्यसपछि डर लाग्न थाल्यो। काठमाडौं पढ्न जाने भनेकाले घरबाट दिएको ७÷८ हजार भारु मसँग थियो। काठमाडौं जाऔं भन्ने लाग्यो। त्यहि पैसा लिएर हामी काठमाडौं नगई दिल्ली गयौं। त्यहाँबाट मुम्बई गयौं।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑