काठमाडौं महानगरपालिकाकी मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
प्रतिबद्धता पत्रमार्फत उनले आठ खम्बे विकास मोडेल सार्वजनिक गरेकी हुन् ।
उनको आठ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीरुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डिभेलप्मेन्ट रहेका छन् ।