• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    एकमात्र उपमहानगर मेयरमा तीन जना सिफारिस

  • वीरगंज संजाल
  • २ बैशाख २०७९, शुक्रबार १०:२१
  • २९८९

    वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । मंगलबार भएको बैठकमा सर्वसम्मतरूपमा मेयरका उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्रप्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

    आइतबार बसेको बैठकमा ९ जनाले मेयरमा दाबी गरे पनि ६ जनाले सहमतिका आधारमा ३ जनाको नाम सिफारिस गर्न तयार हुनुभएको थियो । उपमेयरमा पनि ७ जनाले दाबी गर्नुभएको थियो । जिल्ला कमिटीमा सिफारिस भएका उम्मेदवारबीच पुनः छलफल गराएर सकेसम्म १-१ जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने बताइएको छ ।

    आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट मनहरी गाउँपालिका अध्यक्षमा ५ जनाको नाम सिफारिस भएको छ । एमाले मनहरी गाउँपालिका कमिटीको बैठकले अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।अध्यक्षका लागि एकराज उप्रेती, श्यामसुन्दर ढकाल, जयराम अर्याल, नवीन सुबेदी र दिलबहादुर स्यांतानको नाम सिफारिस गरिएको हो । उपाध्यक्षमा सुजिता थिङ, पम्फा रोक्का, विमला कार्की र गीता प्रजाको नाम सिफारिस गरिएको हो । केही दिन अघिदेखि जारी बैठकले सर्वसम्मत नाम चयन गर्न नसकेपछि अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाको नाम सिफारिस गरेको हो ।

    मकवानपुरको पूर्वीक्षेत्रमा रहेको सबभन्दा ठूलो गाउँपालिका बकैयामा अध्यक्षमा ५ जनाले दाबी गर्नुभएको छ । गाउँ कमिटी बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाइबा, कृष्णप्रसाद चौलागाईं तथा गोपाल दाहालको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गरेको छ ।बैठकले उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाइबा, लालबहादुर स्यांतान, सुस्मिता घोरासैनी, जिमी लोस्यांतान, यांग्रीडोल्मा लामाभोम्जनलाई सिफारिस गरेको छ । दुई दिनसम्म चलेको बैठकले अध्यक्ष र उपाध्यक्षमा एक-एक जना सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा ५ तथा उपाध्यक्षमा ६ जनाको नाम सिफारिस गरेको हो ।

    स्थानीय निर्वाचनमा एमालेले मकवानपुरगढी गाउँपालिका अध्यक्षमा वर्तमान अध्यक्ष विदुर हुमागार्इंलाई नै उठाउने भएको छ । गाउँपालिका कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा हुमागाईलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिका उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।

    स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । गाउँमा भेला, पार्टी प्रवेश तथा छलफलका कार्यक्रमले तीव्रता पाएका छन् । मकवानपुरमा यसपालि पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच टक्कर हुने निश्चितजस्तै छ । गठबन्धनले नेपाली कांग्रेसको अगुवाईमा एमालेसँग भिड्ने यसअघि नै निर्णय गरिसकेको छ ।जिल्लाका १ सय २ वडामध्ये कुनैमा पनि गठबन्धनमा रहेका दलहरुले उम्मेदवार सिफारिससम्म गर्न सकेका छैनन् । तालमेल गरेर चुनाव लड्ने निर्णय गरे पनि गठबन्धनमा भागवण्डा पनि मिलिसकेको छैन ।

    चर्को असन्तुष्टिबीच उम्मेदवार छनोट गर्न गठबन्धनलाई ठूलो चुनौती छ । मकवानपुर गठबन्धन समितिका अध्यक्षको जिम्मेवारी पाउनुभएका कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले स्थानीय तहका उम्मेदवार अनि गठबन्धनसँग बारम्बार छलफल भइरहेको बताउनुभएको छ । गठबन्धन भएपछि सबैको छलफल गर्न आवश्यक हुने भएकाले उम्मेदवार चयनमा ढिलाइ भइरहेको भन्दै उहाँले गठबन्धनको प्राविधिक कुरा अझै बाँकी रहेको बताउनुभयो ।

    ‘उम्मेदवार छनोट गर्ने आधार तथा विषय छनोट गर्नुपर्ने भएकाले गठबन्धनका सन्दर्भमा सबै दलको इच्छा, चाहना, भावना तथा उहाँहरुको सोचाइमा एकरूपता आउन सकिरहेको छैन । एकरूपता ल्याउन पनि केही दिन लाग्छ । छलफलबाट सहमति जुटेपछि आ–आफ्ना पार्टीले उम्मेदवार छनोट गर्नुहुनेछ । र, हामी हाम्रो उम्मेदवार टुंगो लगाउने छौं ।’ –उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑