जुम्ला : स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने बिरुवा करिब १ मिटर सम्म अग्लो हुने जिल्ला वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख रमेश बस्नेतले बताए।
यो बिरुवाको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त विकार, कलेजो सम्बन्धी समस्या भएकाहरुको लागि औषधीको रुपमा प्रयोग गरिँदै आएको चिकित्सकहरुले बताउने गरेका छन्।
उनीहरुका अनुसार अतिसको बिरुवाले वाथ रोग, छारेरोग, भोक नलाग्ने समस्या भएका ब्यक्ति र गाईवस्तुको खुरमा भएको घाउहरूको लागि पनि उपचारमा प्रयोग गरिँदै आएको छ।
अनुसन्धान केन्द्रका प्रमुख बस्नेतले यो बिरुवा नेपालको हिमाली क्षेत्रमा पाईने रैथाने भएको जानकारी दिए। उनले भने,‘यो बिरुवाको जमिन नजिकैको काण्डबाट पातहरु पलाएर आउँछ। यसका पातहरु पाँच खण्डमा विभाजित हुन्छन्।’
यसका प्रत्येक खण्डहरु धेरै खण्डमा विभाजित हुन्छन्।
केन्द्रमा अतिस, पदम चाल , डालेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागायतका बिरुवाको उत्पादन हुँदै आएका छन्।
कर्णाली प्रदेशमा पाइने ६१ वटा वनस्पति अनुसन्धानको क्रममा रहेका छन्। उनले भने, अनुसन्धान केन्द्रले लगुपत्र र टुकी फूल उत्पादन गर्दै आएको छ।
त्यस्तै अनुसन्धान केन्द्रका अनुसार अतिस बैजनी तथा प्याजी रङ्गका फूलहरु लहरै एकै तर्फ फर्केर फुलेका हुन्छन्।