• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौँडा : सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपा नेपाल गठबन्धन !

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार ११:१८
  • ४३८५

    वीरगन्ज । हेटौँडा महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको गठबन्धनबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।

    अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन हुँदा पनि एमाले विजयी भएको हेटौँडामा सत्ता गठबन्धन र एमाले–राप्रपा नेपाल गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको हो ।

    राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमालेसँग तालमेल गरेर जाने सैद्धान्तिक सहमति भइसकेको र केही दिनमा नै लिखित सहमति हुने दाबी गरे ।

    उपमेयरमा राप्रपा नेपालको दाबी

    राप्रपा नेपालले उपमेयर र केही वडाका अध्यक्ष आफूहरूलाई दिनुपर्ने सर्त राखेको छ । एमालेलाई मेयरमा सघाउने र आफूले उपमेयरसहित केही वडा पाउनुपर्ने उनको भनाइ छ ।

    “हामीले हेटौँडाको मेयरमा एमालेलाई सहयोग गर्छौं । उपमेयर र केही वडामा हाम्रो दाबी छ,” उनले भने ।

    गठबन्धनलाई सहज छैन

    २०७४ को स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बन्यो । दुई दलबीच गठबन्धन हुँदा पनि नेकपा एमाले ६१५ मतले विजयी भएको थियो ।

    एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए भने गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत मात्रै पाएका थिए ।

    एमालेले १२ वडामा जित निकालेको थियो । वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १७, १८ र १९ मा एमालेका उमेदवार विजयी भएका थिए । कांग्रेसले १, ५, ६, १५, १६ गरी ५ वटा वडामा जित निकालेको थियो । माओवादी केन्द्र भने १४ वडामा सीमित भएको थियो । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमले हेटौँडामा एक हजार भन्दा बढी मत ल्याएको थियो । उक्त दल हालको जसपा हो । जसपा सत्ता गठबन्धनमा छ ।

    अबको निर्वाचनमा सत्ता गठबन्धन निर्वाचनमा होमिँदै छ । मकवानपुर जिल्लामा सत्ता गठबन्धनका दलहरूबीच गठबन्धनबाटै चुनाव लड्ने सहमति भइसकेको छ । तर, अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि पराजित भएका दलहरूलाई एमाले र राप्रपा नेपालको गठबन्धनसँग सहज भने छैन । अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौँडामा झण्डै ७ हजार मत ल्याएको थियो । राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए ।

    तर, एमाले र राप्रपा अहिले विभाजित छ । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा छ ।

    त्यस्तै राप्रपाबाट विभाजित भएको दल राप्रपा नेपाल एमालेसँँग तालमेलको तयारीमा छ । राप्रपा नेपाल पनि पहिलेको तुलनामा निकै कमजोर छ । राप्रपाबाट जितेका अधिकारी राप्रपामा नै छन् ।

    तर, बर्तौला राप्रपा नेपाल कमजोर नरहेको जिकिर गर्छन् ।

    “पहिलेको जनमत घट्दैन । बरु मत धेरै आउँछ । कमल थापा जता उभिने उता मत आउने भन्ने हुन्छ । न्युट्रल मत पनि हाम्रै पार्टीलाई आउँछ,” उनको दाबी छ ।

    केन्द्रको निर्णयको पर्खाइमा गठबन्धन, एमाले सिफारिसको तयारीमा

    सत्ता गठबन्धनका नेताहरू भने केन्द्रको निर्णयको प्रतिक्षामा छन् । सत्ता गठबन्धनले हालसम्म भागबण्डा गरिसकेको छैन ।

    हालका मेयर महतले दोहोरिने इच्छा व्यक्त गरेका छन् । बाह्रखरीसँगको कुराकानीमा एमालेका आफूले मेयरमा पुनः दाबी गरेको बताए । हेटौँडा एमालेमा सर्वसम्मत रूपमा उमेदवार सिफारिस नहुने देखिएको छ । एमालेले महतसहित अनन्त पौडेल लगायतको नाम सिफारिस गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

    आफ्नै उमेदवार उठाउने तयारीमा राप्रपा

    एमाले र राप्रपाबीच गठबन्धन सक्ने आकलन पनि भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तालमेल गर्ने भन्दा पनि आफ्नै उमेदवार बनाउने तयारी रहेको बताए ।

    “सम्मानजनक प्रस्ताव आए छलफल गर्न सकिन्छ । तर, हामीले अहिले कुनै तालमेलको सोच बनाएको छैन । आफ्नै तागतमा उमेदवारी दिने तयारी छ,” उनले भने ।

    एमालेले राप्रपा नेपालसँग गठबन्धन गरे आफू सो गठबन्धनमा सहभागी नहुने उनले बताए । हेटौँडामा राप्रपा नेपाल कमजोर रहेको र आफूहरूको शक्ति रहेको उनको जिकिर छ ।

    “हेटौँडामा अघिल्लो निर्वाचनमा हामीले ७ हजार मत ल्याएका थियौँ । हामी त्यहाँ निर्णायक हौँ । कमल थापाको गृह जिल्ला भए पनि कार्यकर्ताको साथ राप्रापामा छ,” उनले जिकिर गरे ।

    राप्रपाले यो निर्वाचनमा पनि अघिल्लो निर्वाचनका पराजित उमेदवार मधुकरप्रसाद अधिकारीलाई उमेदवार बनाउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑