• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुटिनका नयाँ सेना कमान्डर : जसका कारण युक्रेन युद्धमा नयाँ मोड आउन सक्छ !

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार १३:२१
  • २९०१

    मस्को । युक्रेन युद्धको नेतृत्व गर्न रुसका राष्ट्रपति भलादमिर पुटिनले हालै नियुक्त गरेका जेनेरल एलेक्जेन्डर डिभोर्निकोभबारे यतिबेला अन्तर्राष्ट्रिय समुदायमा व्यापक चर्चा भइरहेको छ । दोस्रो चेनचेन युद्धदेखि नै उनलाई ‘बुचर’का नामले बोलाइँदै आएको छ । अर्थात उनी निर्दयपूर्वक मारकाट गर्नका लागि कुख्यात छन् ।

    ६० वर्षीय जेनेरल एलेक्जेन्डर रुसका सबैभन्दा अनुभवी, क्रुर र कडा सैन्य व्यक्तित्व हुन् ।

    सिरियामा रुसी सेनालाई उनैले नेतृत्व गरेका थिए । जसमा ३ लाख ५० हजार बढी निर्दोष सर्वसाधारणको ज्यान गएको राष्ट्र संघको तथ्यांक छ । यसमा एलेक्जेन्डरले नै सिपाहीहरूलाई सहर ध्वस्त पार्न आदेश दिँदै बस्तीको बीचौँबीच बम खसालेर लाखौँलाई विस्थापित बनाएको बताइएको छ ।

    सिरियाली सेनाबाट भागेर आएका लेफ्टिनेन्ट कोलोनेल फरेस अल बयुशले यसअघि असोसिएटेड प्रेससँग कुरा गर्दै रुसले युक्रेन युद्धमा जेनेरल एलेक्जेन्डरलाई प्रमुख संलग्नता दिलाउनुको अर्थ अब रुसी सेनाले क्रुर रणनीति अपनाउन सुरु गर्ने पक्का भएको बताएका छन् ।

    “यी कमान्डर वास्तवमै युद्ध अपराधी हुन् र यस किसिमको अमानवीय नीतिमा उनी धेरै अनुभवी छन्,” उनले भने ।

    अर्का युक्रेनका लेफ्टिनेन्ट जेनेरल इहोर रोमाननेन्को पनि उनका बारेमा राम्रो जानकार छन् । उनी भन्छन्, “कसैले, केही कुराले पनि उनलाई रोक्न सक्दैन । उनी परम्परागत सोभियत शैलीमा हिँड्ने मान्छे हुन् र लडाइँ जित्न सबै विनाश गर्नतर्फ मात्र केन्द्रित रहने गर्दछन् । यसको नतिजा हामीले सिरियाको एलेप्पो सहरमा देखिसकेका छौँ ।”

    त्यसबेला सिरियाको सैन्य अवस्था रुसी समूहको संलगनतापछि पाँच महिनामै पूर्ण परिवर्तन भएको थियो ।

    तर यही शैलीले युक्रेनको केन्द्र र उत्तरमा चाहिँ काम राम्ररी काम गरेन । जहाँको भूगोलले पनि उनीहरूलाई साथ नदिएको विज्ञहरू बताउँछन् । रोमनेन्कोकाअनुसार युक्रेनी सेना बलको कडा प्रतिरोध र रुसी पक्षको हौसला गुम्दै गएपछि उनीहरू किभतर्फ थप अघि बढ्न सकेनन् । त्यहाँ उनीहरूले धेरै ठूलो क्षति बेहोर्नुपर्‍यो । तर दक्षिण युक्रेनको भूगोल भने फरक छ । जसकारण उनीहरू फेरि सबै जथाभाबी तहसनहस पार्ने पुरानै रणनीति अपनाउने प्रयास गरिरहेको पाइएको छ ।

    २०१६ मा पुटिनले उनलाई सिरियाली युद्धका लागि ‘रुसी फेडेरेसनका हिरो’को सम्मान दिएका थिए । यो भनेको रुसको सबैभन्दा उच्च स्तरको उपाधि हो । यतिबेला उनलाई युक्रेनमा लडिरहेका रुसी सेनाको सर्वोच्च कमान्डर नियुक्त गरिएको छ ।

    विज्ञहरूले पनि एलेक्जेन्डरलाई कमान्डरका रूपमा बढुवा गर्नु युक्रेन युद्धलाई शान्तिवार्तामार्फत छिट्टै अन्त्य गर्ने आशा टुट्नु बराबर भएको बताइरहेका छन् ।

    जेम्स स्टेभिर्डिस भन्छन्, “पुटिनले यी नयाँ कमान्डर नियुक्त गर्नुको अर्थ उनको उद्देश्य यो युद्ध अझै महिनौँसम्म जारी राख्नु हो । र पुटिनले उनलाई सिरियाको एलेपो सहर जसरी सबैतिर विनाश र तहसनहस गराउन गुन्डा बोलाए समान हो । उनले सिरियाली सेनाहरूसँग प्रत्यक्ष काम गरेका छन् जसले शत्रुलाई हराउन यातना दिने केन्द्रदेखि, योजनाबद्ध सर्वाधिक बलात्कार, रासायनिक हमला जस्ता क्रुर अनैतिक माध्यमहरू अपनाएका थिए । त्यसैले उनी खराब मध्येको पनि सबैभन्दा खराब हुन् ।”

    जेनेरल एलेक्जेन्डर १९८२ मा रुसी सेनासँग आबद्ध भएका थिए र दोस्रो विश्व युद्धका बेला चेचेन्यामा लडेका थिए । यसपछि उनी सिरियाली युद्धमा पनि सहभागी भएका हुन् ।

    एलेपो सहरको लडाइँ आफ्नो हातमा लिँदै उनले नै सिरियाली राष्ट्रपति बसर अल अस्सदको प्रशासनलाई ढल्नबाट जोगाएको बताइएको छ ।

    रोमनेन्को भन्छन्, “चेनचेनयामा रुसी फौजले सानो समूह बनाउँदै बमबारी गरेको थियो । मान्छे देख्नासाथ विना सोधपुछ गोली हान्ने नीति अपनाएको थियो । सन् २००० मा सो सहर पूर्ण रूपमा तहसनहस भएपछि नै तत्कालीन रुसी प्रधानमन्त्री भलादमिर पुटिनको लोकप्रियता बढेको थियो । यसको एक महिनापछि उनी राष्ट्रपति नियुक्त भएका हुन् ।”

    यस्तोमा पछिल्लो समय रुसले युक्रेनको मारिउपोल सहरमा पनि यही शैली अपनाउन खोजिरहेको खबर गरिएको छ । युक्रेनी पक्षकाअनुसार त्यहाँ रुसले दुसौँ हजार सर्वसाधारणको निर्मम हत्या गरेको छ भने भएभरका सबै भवन र संरचनाहरू नष्ट गरिदिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑