• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली चलचित्र उद्योगमा बज्यो खतराको साइरन

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार १०:११
  • ३२५७

    काठमाडौं । नेपाली चलचित्र उद्योगमा खतराको साइरन बज्न थालेको छ । बलिउडसहित त्यहाँका क्षेत्रीय चलचित्र उद्योगबाट लगातार ठूला सिनेमा आउँदा नेपाली चलचित्र उद्योगमा खतराको साइरन बज्न थालेको हो ।

    केही वर्ष अगाडिसम्म बलिउडबाट मात्रै हिन्दी सिनेमा नेपाली हलमा आउँथे । तर, पछिल्ला केही वर्षयता त्यहाँका क्षेत्रीय चलचित्रको पनि नेपालमा दबदबा बढेको छ । नेपालमा मात्रै होइन, बलिउड स्टारलाई समेत त्यहाँका क्षेत्रीय चलचित्र उद्योगले थ्रेट दिइसकेका छन् । यसको उदाहरणका रूपमा ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ’ आदिलाई लिन सकिन्छ । सुपरस्टार सलमान खानले समेत त्यहाँका क्षेत्रीय उद्योगबाट थ्रेट सहेर बसेको अवस्थामा नेपाली चलचित्र उद्योगमा यी सिनेमाको असर पुग्नु स्वाभाविक हो ।

    बलिउड र त्यहाँका अरू क्षेत्रीय उद्योगका प्रतीक्षित चलचित्र आउँदा त्यसको छायामा नेपाली चलचित्र पर्दै आएका छन् । जति धेरै त्यहाँका चलचित्र नेपाल आउँछन्, त्यति नै नेपाली चलचित्र उद्योगमा खतराको साइरनको पारो उकालो लाग्दै जानेछ ।

    केही वर्ष अगाडिसम्म वर्षमा आधा दर्जनको हाराहारीमा मात्रै हिन्दी चलचित्र नेपाल आउने गरेकामा अहिले त्यहाँका क्षेत्रीय उद्योगका चलचित्र पनि थपिँदा यो संख्या बढेर डेढ दर्जन पुग्ने गरेको चलचित्र निर्देशक, अभिनेता तथा वितरक अशोक शर्मा बताउँछन् । “जति धेरै हिन्दी र त्यहाँबाट अन्य चलचित्र तथा हलिउडका चलचित्र आउँछन्, त्यही अनुपातमा नेपाली चलचित्रलाई खतराको घण्टी बज्दै जान्छ,” उनी भन्छन्, “पछिल्लो समय वर्षमा १७/१८ वटा प्रतीक्षित चलचित्र आउँदा हाम्रा चलचित्र छायामा पर्ने मात्रै होइन, नेपाली चलचित्रलाई ठूलो खतरा नै पैदा भयो ।”

    भारतबाट आधा दर्जन चलचित्र आउँदा ती चलचित्रको डेट छलेर नेपाली चलचित्र रिलिज हुन्थे । तर, वर्षभरि नै भारतबाट ठूला चलचित्र आउँदा नेपाली चलचित्रले राम्रो डेट नपाउने अवस्था आएको अशोक सुनाउँछन् ।

    नेपाली चलचित्रका लागि दसैँ, तिहार, तिज, माघे संक्रान्ति, नयाँ वर्षलगायत केही डेट रिलिजका लागि आकर्षक मानिन्छन् । ठूलो बजेटमा निर्माण भएका चलचित्रले यी डेट रोज्छन् ।

    “बलिउडबाट वर्षमा ५/६ वटा ठूला स्टारका चलचित्र आउँदा उनीहरू आउने डेट छलेर नेपाली निर्माताले चलचित्र रिलिज गर्थे,” अशोक भन्छन्, “तर, अब साउथका चलचित्र आउँदा नेपाली रोजाइका डेट नै उनीहरूको पनि रोजाइको समय पर्दो रहेछ । उनीहरू पनि दसैँ, तिहार, तिज, वैशाखी महोत्सव मनाउँदा रहेछन् । उनीहरू पनि त्यही डेटमा आएपछि नेपाली चलचित्र कहिले लगाउने, अब राम्रा डेट नै बाँकी रहेनन् ।”

    साउथका चलचित्रको दर्शक नेपालमा अनपेक्षित रूपमा बढेको उनी सुनाउँछन् । कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनमा युट्युब, भारतीय टेलिभिजन च्यानल र भारतीय ओटीटीमा दक्षिण भारतीय चलचित्र हेरेका नेपाली दर्शक अहिले त्यहाँका चलचित्र हेर्न थिएटर नै जाने गरेको अशोक बताउँछन् । त्यहाँका सिनेमा स्टारहरू नेपाली दर्शकमाझ सलमान खानजत्तिकै लोकप्रिय भइसकेको उनको भनाइ छ ।

    “अहिलेको खुला बजार अर्थतन्त्रमा कसैको सिनेमा कसैले रोक्न सक्दैन । खुला अर्थतन्त्र भएको समाजमा तँ यो चलचित्र मात्रै प्रदर्शन गर् र हेर् भन्न मिल्दैन,” उनी भन्छन्, “बलिउडसमेत त्यहाँका क्षेत्रीय चलचित्र उद्योगबाट डराइरहेको अवस्थामा नेपाली चलचित्र त झनै त्यसको छायामा पर्ने नै भयो ।”

    लगातार नेपाली सिनेमा हलमा बलिउड, हलिउड र अरू चलचित्र रिलिज हुँदा नेपाली चलचित्रको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको उनी बताउँछन् । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर–४’ को उदाहरण दिँदै उनी भन्छन्, “ए मेरो हजुर–४ केजीएफका कारण थोरै शोमा खुम्चिन पुग्यो । ९/१० करोड कलेक्सन गर्ने चलचित्र केजीएफकै कारण केही सीमित शोमा रिलिज हुनुपर्ने अवस्था आयो ।”

    यस्तै अवस्था अब हरेक चलचित्रले सामना गर्नुपर्ने स्थिति रहेको उनी बताउँछन् । यो नेपाली चलचित्रमा देखिन थालेको ठूलो संकट रहेको र यसलाई नजरअन्दाज गरेर बस्न नहुने उनको धारणा छ ।

    नेपाली चलचित्रको अस्तित्व बचाउन अब सरकारी रणनीति नै आवश्यक रहेकामा उनको जोड छ । चलचित्रकर्मीले आवाज उठाउन सके पनि कानुन बनाउन नसक्ने भन्दै उनी सरकारले नै यसमा सोच्ने समय आइसकेको बताउँछन् ।

    नेपालका ठूला ८/१० वटा चाडपर्वमा नेपाली सिनेमा रिलिज हुँदा त्यसको एक सातापछि मात्रै विदेशी चलचित्र रिलिज गर्न सकिने उनको तर्क छ । तर, यसो गर्दा भारतीय र अमेरिकी दूतावासको दबाब आउन सक्ने उनको पूर्वानुमान छ । “यसरी आउने पे्रसर हाम्रो देशले थेग्न सक्छ कि सक्दैन भन्ने कुरा पनि हो । हाम्रा वितरक र प्रदर्शकहरूको पनि प्रेसर राज्यलाई जाला,” उनी भन्छन्, “प्रदर्शक र वितरकले ती चलचित्रमा आम्दानी देख्छ । आफ्नो ठूलो लगानी प्रदर्शनकै लागि हल र सिनेमामा रहेका कारण यो जायज पनि हो ।”

    नेपाली चलचित्र उद्योगमा खतराको घण्टी बजिसकेको अवस्थामा प्रदर्शक, वितरक, निर्माता बसेर गहन छलफल गरेर सरकारलाई नयाँ नीतिका लागि संयुक्त दबाब दिनुपर्नेमा उनको जोड छ ।

    खुला अर्थतन्त्र रहेको देशमा नेपाली चलचित्र हेर र बलिउड र हलिउडको चलचित्र नहेर भन्न नसकिने भन्दै उनी नेपाली चलचित्र उद्योगको अस्तित्व रक्षाका लागि कसरी अगाडि बढ्ने भन्ने निर्णयमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँछन् ।

    सरकारले विदेशी सिनेमामा कोटा प्रणाली लागु गर्नुपर्ने वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थ बताउँछन् । विदेशी सिनेमा वर्षभरि आउँदा सानो लगानीमा बनेका नेपाली चलचित्र मारमा परिरहेको उनको भनाइ छ । यसमा राज्यले तत्काल निर्णय गर्नुपर्नेमा उनको जोड छ ।

    प्रदर्शकले सिनेमाको हाइप हेरेर शो दिने भन्दै उनी अहिलेको समयमा दर्शकको चाहनालाई कसैले पनि रोक्न नसक्ने बताउँछन् । त्यसैले राज्यले नै नीति लिएर अगाडि आउनुपर्ने अन्यथा अहिलेकै अवस्थाले निरन्तरता पाउने गोपालकाजी बताउँछन् । यसमा राज्यले अहिलेसम्म चासो नदेखाएको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑