• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जापान जान लागेकी युवतीले किन बोकेकी थिइन् झोलामा गोली?

  • वीरगंज संजाल
  • २९ चैत्र २०७८, मंगलवार १३:०६
  • ३७२९

    काठमाडौं । चैत २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपालीलाई आइतवार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट मलेसिया हुँदै जापानको नारिता जान लागेकी थिइन् उनी। तर, विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको भन्दै नियन्त्रणमा लियो।

    उनले बोकेको घ्यू रंगको लेडिज हाते व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स- रे ‘ए’ मा चेकजाँच गर्ने क्रममा कालो रंगको वालेटभित्र केएफ 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक) फेला परेको हो।

    उनले झोलाभित्र किन गोली लिएर गइन् भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको छ। महानगरीय प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको वृत्तका प्रमुख केशव भट्टराईले बताए।

    उनले घरमा भेटिएको गोली पर्समा साना नानीहरुले हाल्दिएको र आफुले झिक्न बिर्सिएको बयान दिएकी छिन्। गोलीको गलामा माला बनाएर पनि लगाइने चलन रहेको छ। उनले पनि गोलीको माला बनाएर लगाउनको लागि लगिएको खुलेको छ।

    प्रहरीले बरामद गरेको गोली प्रयोग भइसकेको तर नपड्किने प्रकारको भएको खुलेको छ। १० वर्षे जनयुद्धका क्रममा लुकाएका, फ्यालिएका हतियारका अवशेष अहिले पनि गाउँघरमा भेटिने गरेका छन्। त्यसैले कुनै ठाउँमा प्रयोग भएका वा नभएका गोली भेटिने सम्भावना हुन्छ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    २०७७ पुषमा पनि विमानस्थलबाट ५० थान गोली भेटिएको थियो। विमानस्थलको चेकिङमा झापा मेची नगर नगरपालिका २ का २० वर्षीय बद्रीहाङ राई गोली सहित पक्राउ परेका थिए। साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइटबाट उनी झापाको भद्रपुर जाँदै गर्दा उनले बोकेको झोलाभित्र लुगामा राखिएको नाइन एमएमको ५० राउण्ड गोली बरामद भएको थियो।

    राईले बोकेको झोलाभित्र प्रहरीको ज्याकेट थियो। त्यही ज्याकेटभित्र भेटिएको हो चम्किलो गोली। समातिएका बद्रीका बुबा अवकाशप्राप्त प्रहरी हुन्। उनका बुबाले प्रहरी नायव निरीक्षक (सई) बाट अवकाश पाएका थिए। पक्राउ परेका युवकले आफूलाई ज्याकेटभित्र गोली भएको थाहा नभएको तर आफुलाई बुबाले ज्याकेट ल्याइदिनु भनेको बयान दिएपछि बुबा पनि अनुसन्धानमा तानिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑