सिमकोट – चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ।
गाउँकै तेलपानीवनमा भेडाबाख्रा चराउने क्रममा ढुंगा लागेर उनको मृत्युु भएको हो।
ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय सञ्चारकर्मी नरजंग तामाङले जानकारी दिए।
उनले बाख्रा चराउने क्रममा बसेको बेला माथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए। बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्युभए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उनले बताए।
घटनास्थलमा पुुगेका परिवारका सदस्य, आफन्त तथा गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए। मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन्। वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिए।