अमेरिकी सेनाका सर्वोच्च अधिकारी जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लीले वर्तमान विश्व व्यवस्था परिवर्तन गर्ने हैसियत चीन र रुसले बनाइसकेको बताएका छन् ।
उनले भने, ‘अहिले हामी दुईवटा विश्वशक्तिको सामना गरिरहेका छौं । ती हुन् चीन र रुस । उनीहरूसँग उल्लेख्य मात्रा सैन्य क्षमता छ । अनि उनीहरू दुवैले नियममा आधारित वर्तमान विश्व व्यवस्थामा आधारभूत परिवर्तन ल्याउन खोजेका छन् ।’
अमेरिकी संसद्को आर्म्ड सर्भिसेज कमिटीसमक्ष बयान दिँदै मिल्ले थपे, ‘संसार थप अस्थिर बनिरहेको छ र ठूलो अन्तर्राष्ट्रिय द्वन्द्व हुने सम्भावना घट्नुको साटो बढिरहेको छ ।