काठमाडौं, २३ चैत्र । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डबीच आज भेटवार्ता भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा भएको शिष्टाचार भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो ।
उक्त अवसरमा रिचार्ड होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । र, उनले श्री बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि को लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए
साथै, उनले कंगो मिशनमा अपरेशन “बाली“ को क्रममा २०७८/१२/२२ गते (आज ) विद्रोहीको फायरबाट मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति हार्दिक संवेदना व्यक्त गर्दै मृतकका परिवारलाई संयुक्त राष्ट्र संघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने विश्वास समेत दिलाएका थिए ।