• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिकारी कर्मचारी र चराहरूले बदलिदिएको जीवन

  • वीरगंज संजाल
  • १९ चैत्र २०७८, शनिबार १६:४६
  • ३५०५

    भारतीय फिल्म निर्देशक मृणल सेन र अरुण कौलले सन् १९६८ मा एउटा भारतीय म्यागजिनका लागि आलेख तयार पारे। ‘द न्यु सिनेमा मुभमेन्ट’ शीर्षकको आलेखले तत्कालीन फिल्मको परिवेशमाथि टिप्पणी मात्र गरेको थिएन, नवयथार्थवादी फिल्मको वकालत पनि गरेको थियो। यो आलेखले निकै चर्चा कमायो।

    त्यसको एक वर्षपछि सन् १९६९ मा बंगाली निर्देशक मृणल सेनले पहिलो पटक हिन्दी फिल्म बनाए। उक्त फिल्म ‘भुवन शोम’ले नवयथार्थवादी धारलाई नै वकालत गरेको थियो। त्यसले भारतीय सिनेक्षेत्रको समानान्तर फिल्म आन्दोलनलाई छुट्टै पहिचान दिलाएको थियो।

    मृणल वरिष्ठ फिल्म निर्देशक सत्यजित रायका प्रशंसक थिए। मृणलका फिल्ममा रायले जस्तै यथार्थवादी कथालाई प्रस्तुत गरिएको हुन्थ्यो। दृश्यांकन पनि उच्च कोटीका हुन्थे। मृणलको सिनेमाको एउटा सौन्दर्य थियो, शान्त तलाउ जस्तै शान्त फिल्म। कथाको कुनै मोड तलाउमा परेको ढुंगाजस्तै हुन्थ्यो, मनदेखि मस्तिष्कसम्म तरंग ल्याइदिने।

    ‘भुवन शोम’ पनि कथ्य हिसाबमा शान्त तलाउजस्तै फिल्म छ। सिनेमाको छायंकन त्यति बेला उपलब्ध प्रविधिमा भएका कारण आज हेर्दा पट्यार लाग्न सक्छ। ३५ एमएमको रिलमा खिचिएको भए पनि फिल्मको सौन्दर्य यसले भनिरहेको कथामा छ। फिल्मका पात्र भुवन शोम (उदय दत्त अभिनित) मा भएको परिवर्तनको कथाले दर्शकको मनलाई त छुन्छ नै, जीवनको एउटा दार्शनिक टिप्पणी पनि दिन्छ।

    भुवन शोम रेल सञ्चालनसम्बन्धी कार्यालयका इमान्दार कर्मचारी हुन्। उनी आफूभन्दा तल्लो दर्जाका कर्मचारीप्रति गम्भीर छन्। घुस खाने, काम नगर्नेजस्ता विषयमा उनको स्पष्ट धारणा छ– उनीहरुलाई जागिरबाटै हटाउनुपर्छ। उनले आफ्नै छोरालाई पनि काममा ढिलासुस्ती गरेका कारण हटाएका हुन्छन्।

    ५० वसन्त पार गरिसकेका भुवन शोम चरा मार्न नजिकैको गाउँ सौराष्ट्र पुगेका हुन्छन्। सोही क्षेत्रका उनका एक कर्मचारीले काममा लापरबाही गरेका कारण अनुसन्धान भइरहेको हुन्छ। शोम त्यो विषयमा उनीहरूलाई जानकारी गराउँदै आफ्नो यात्रामा निस्किन्छ।

    त्यो यात्रामा उसको भेट गौरी (सुहासिनी मुले)सँग हुन्छ। भेटपछि शोम आफैंमाथि प्रश्न गर्न थाल्छ। आफ्ना कामहरुप्रति, आफ्ना कदमहरुप्रति उसका प्रश्नहरु हुन्छन्। गौरीसँग चरा मारिरहँदा उसले सिकेको जीवन दर्शनका विषयले उसलाई आफूले बाँचिरहेको शैलीमाथि प्रश्न गर्न लगाउँछन्।

    फिल्मले शोमको व्यक्तित्वमा आएको परिवर्तनलाई प्रमुखता दिएको छ। एक कर्मचारी, जो आफ्नो निर्णयमा अडिग र आफूभन्दा तल्लो दर्जाका कर्मचारीप्रति सशक्त रूपमा प्रस्तुत हुन्थ्यो, उसमा भएको परिवर्तनलाई फिल्ममा देखाइएको छ। आफ्ना कर्मचारीप्रति उसले गर्ने व्यवहारका कारण उसलाई सबैले आदर गर्छन्। तर, त्यो सम्मान सम्मानभन्दा बढि डरको परिणाम हुन्छ।

    सौराष्ट्रको यात्रामा आफ्नो अस्तित्वसँग शोम वृहत रुपमा परिचित हुन्छन्। त्यस्तो महसुस हुने वातावरण उनीभन्दा कैयौं वर्ष कम उमेरकी गौरीका कारण संभव हुन्छ। गौरीको विवाह आफ्नै मातहतका एक कर्मचारीसँग हुने टुंगो लागेको हुन्छ। चरा मार्न जाँदा भेटिएकी गौरीसाग शोम प्रभावित हुन्छ। उसको व्यक्तित्व, उसको व्यवहारले यति प्रभावित गर्छ कि, ऊ आफ्नै जीवनशैलीमाथि प्रश्न गर्न थाल्छ।

    गौरीको व्यवहार सरल छ। जीवनशैली पनि सरल छ। शोम ठीक विपरीत छ। सहरको मान्छे भएकाले बोलीदेखि कपडा लगाउने शैलीसम्ममा फरकपन हुन्छ। तर, गौरी चराहरूलाई पक्रन वा मार्न गाउँले परिवेशमै हुुनपर्ने बताउँछिन्। उनको अबोधपन र व्यवहारिकपन सिकार गर्दाको समयमा पनि काम लाग्छ। उनी शोमलाई पनि आफ्नै ग्रामीण परिवेशका कपडा लगाउन लाउँछिन्, ता कि चराहरू नयाँ किसिमका मान्छे देखेर नउडुन्। जसरी भैँसी देखेर बन्दुक बोकेका शोम भाग्छन्, त्यसैमाथि गौरी सहज रूपमा सवार हुन्छिन्। यस्ता सानासाना कारणले शोम आफ्नो जीवनबारे सोच्न बाध्य भएको हुन्छ।

    शोम त्यो यात्राबाट फर्किदाँ पूर्ण रूपमा परिवर्तन भइसकेको हुन्छ। गौरीको हुनेवाला श्रीमान् पनि रेलकै कर्मचारी हुन्छ, जसमाथि भ्रष्टाचारको विषयमा अनुसन्धान भइरहेको हुन्छ। त्यो फाइल शोमसम्म आइपुग्छ। तर, शोम उसलाई मौका दिने सोचले फाइल च्यातेर जलाउन भन्छ।

    निर्देशक मृणलले प्रेमका कारण जीवन कसरी परिवर्तन हुन सक्छ भन्ने देखाएका छन्। काव्यात्मक र व्यंग्यात्मक शैलीमा बनेको फिल्ममा प्रकृतिको सामिप्यता र मौलिकता पाइन्छ।

    स्वतन्त्रताकोप्रतीक चराहरू
    चराहरूलाई लिएर फिल्म खिच्नु चुनौतीपूर्ण हुन्छ। तर, मृणलले यो पक्षलाई पनि सुन्दर रूपमा चित्रण गरेका छन्। फिल्मको कथावस्तु अघि बढाउन चरालाई प्राकृतिक रूपमा नै खिच्नु आवश्यक छ। मृणल त्यसमा सफल छन्।

    फिल्ममा बारम्बार दोहोरिरहने चराहरूको उड्ने शैली र मानिस निकट आउने आनीबानीमा भएको परिवर्तनले शोमको सोचाइ बदलिँदै जान्छ। अनेक नीतिनियममा बाँधिएको जीवनबाट पाएको छुटकारा र स्वतन्त्रताको रूपमा चरालाई प्रस्तुत गरिएको छ।

    समूहमा उड्ने चराहरू भुवनको जीवनको ठीक विपरीत छन्। उनीहरु समूहमा उड्छन्, तर भुवनको जीवन एक्लो छ। त्यो एक्लोपनलाई फिल्ममा ‘एनिमेसन’मार्फत पनि देखाइएको छ।

    अन्तिम समयसम्म आइपुग्दा उसको चरित्रमा भएको परिवर्तनलाई पनि चराहरूले नै चित्रण गरेका छन्। भुवन कसैको प्रेमको कोमल भावनालाई महसुस गर्छ। त्यो प्रेम र व्यवहारको कारण उसमा परिवर्तन स्वाभाविक रूपमा आउँछ। ऊ गीत गुनगुनाएको मन पराउन थाल्छ। अबोध हर्कतहरूलाई प्रेम गर्न थाल्छ।

    प्रयोगले भरिएको फिल्म
    निर्देशक मृणल सेनलाई प्रभावित गर्ने राय प्रयोगवादी थिए। मृणल पनि प्रयोगवादी निर्देशक हुन्। उनले गरेका प्रयोगहरूले फिल्मलाई गन्जागोल नबनाएर सरल र सुन्दर बनाएका छन्। यो फिल्म केवल २ लाख भारुमा बनेको थियो।

    फिल्मको सुरुवातमै शास्त्रीय संगीतसँग पश्चिमा संगीतको फ्युजनलाई पाश्र्वसंगीतको रूपमा प्रयोग गरिएको छ। तत्कालीन समयमा यस्तो प्रयोग हिन्दी फिल्मका लागि नौलो थियो। अर्कातिर, फिल्मका विभिन्न दृश्यमा निर्देशक मृणलले तस्बिरहरू प्रयोग गरेका छन्। मोन्टाज दृश्यमा पनि तस्बिरहरुको प्रयोग गरिएको छ।

    फिल्ममा गरिएको ‘भोइस ओभर’को प्रयोग पनि एउटा नौलो पाटो हो। बलिउडका सुपरस्टार अमिताभ बच्चनले यही फिल्ममा आवाज दिएर फिल्ममा डेब्यु गरेका थिए। उनको आवाजमा फिल्मका विभिन्न प्रसंगहरूलाई प्रस्तुत गरिएको छ।

    श्यामश्वेत फिल्ममा पनि मरुभूमिको उजाड रङ दर्शकले महसुस गर्न सक्ने गरी दृश्य खिचिएको छ। प्राकृतिक पक्षलाई ध्यानमा राखिएको फिल्ममा मरुभूमिमा आएको हुरीदेखि समूहमा उडिरहेका चराहरुको दृश्यहरुमा सुन्दरता भेटिन्छन्।

    भारतमा ‘न्यु वेभ’ सुरु गर्नमा यो फिल्मले निकै ठूलो भूमिका खेलेको थियो। निर्देशक मृणल सेन र उनका साथी अरुण कौलले लेखेको आलेखले उठाएका विषयलाइ यो फिल्ममा प्रयोग गरिएको छ।

    यो फिल्मले निर्देशक मृणल सेनलाई भारतभन्दा बाहिर पनि परिचित गराएको थियो। तर, उनीजस्ता निर्देशकले बनाएको प्रयोगवादी र कलात्मक फिल्मको बाटो अहिले भत्किएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑