• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोक-चोकमै चुनावी चर्चा, उम्मेदवारमा जताततै पुरुषकै गफ

  • वीरगंज संजाल
  • १९ चैत्र २०७८, शनिबार १६:२९
  • २८१७

    वीरगन्ज। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सल्यानका चोक, पसल तथा गाउँघरमा सम्भावित उम्मेदवारको नामका बारेमा चर्चा परिचर्चा हुन थालेको छ।

    राजनीतिक दलहरुले उम्मेदवारको टुंगो भने अहिलेसम्म लगाउन सकेका छैनन्। दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहहरूमा वडादेखि प्रमुखसम्मका नाम कार्यकर्ताहरुले ल्याउन थालेका छन्।

    कतिपयले पुरानैलाई पुनः दोहो¥याउने मनशायले चर्चा चलाएका छन् भने कतिपयले नयाँ र अनुभव भएकालाई मौका दिनुपर्ने सम्मका छलफल चलाउन थालेका छन्। सबै दलहरूबीच चर्चा र छलफलको निष्कर्ष समान भए पनि विषय, लैंगिकता र व्यक्तिबारे विविधता देखिएको छ।

    सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ। त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन।

    हरेक दलमा महिलाको सहभागिता बराबर वा कम्तीमा ३३ प्रतिशत रहने विधानतः प्रावधान छ। त्यसैले राजनीतिक पार्टीले हरेक तहका दलीय संरचनामा महिलाको समावेशिता गराएका छन्।

    स्थानीय तहदेखि जिल्ला तहमा दलीय संरचनामा महिलनाको नेतृत्व छैन। सहायक पदमा मात्रै महिलालाई अघि सार्ने गरिएको छ।

    गत स्थानीय तहको निर्वाचनमा १० स्थानीय तह रहेको सल्यानमा माओवादी केन्द्रको तर्फबाट कुमाख गाउँपालिकामा अध्यक्षबाहेक अन्य पालिकामा महिला उम्मेदवार बन्न सकेनन्।

    ८३ वडामै महिलालाई अध्यक्षका लागि उम्मेदवार बनाइएको थिएन। सहायक पदमा मात्रै महिलालाई जिम्मेवारी दिने गरिएको छ। तत्कालीन तीन प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले वडाध्यक्षको लागि एकजना महिलाको नाम सिफारिस गर्न सकेन भने उम्मेदवार बनाउने कुरा त धेरै परको विषय छ।

    जिम्मेवारी पाएमा महिलाले पनि मुख्य पदमा रहेर काम गर्न सक्ने शारदा नगरपालिका उपमेयर सावित्रा बस्नेतले बताइन्। उनले भनिन्, ‘कुनै पनि पदमा महिलालाई जिम्मेवारी दिएमा असफल हुँदैनन्। महिलालाई कम ठान्ने, जिम्मेवारी दिन डराउने र पुरुषलाई मात्रै ठूलो ठान्ने पुरुषवादी सोचका कारण लैंगिक विभेद सिर्जना भएको हो।’

    पुरुषको तुलनामा महिलाले काम गर्न कमजोर नभएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरको तर्क रहेको छ। स्थानीय तहमा महिलालाई जिम्मेवारी दिने हो भने राम्रो काम गर्न सकिदो रहेछ भनेर आफूले पनि देखाउन सफल भएको उनको दाबी छ।

    पुरुषवादी सोच र अर्को पार्टीको प्रतिस्पर्धीसँग लड्न पुरुष नै चाहिन्छ महिलाले सक्दैनन् भन्ने सोचका कारण महिलाले पार्टी तथा सरकार सञ्चालनका क्रममा पहिलो पद पाउन नसकेको सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले बताइन। उनले भनिन खुला पदमा महिलालाई लडाइयो भनेर उनीहरुले हार्छन भन्ने मानसिकता र पार्टीलाई घाटा लाग्छ भन्ने सोच रहेको छ। महिलालाई उठाउने वा नउठाउने विषयलाई पार्टीको नाफा या घाटासँग जोड्न नमिल्ने उनको तर्क रहेको छ।

    महिलालाई समावेशी बनाएर पार्टीभित्र र समाजमा विकास गर्न सकिने नीति आफ्नो पार्टीले लिएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सचिव निमबहादुर केसीले बताए। पार्टी भित्र थुप्रै सक्षम महिलाहरू रहेको र ती महिलाहरुलाई राजनीतिक रूपमा समावेशी बनाएर स्थानीय तह र अन्य निर्वाचनमा सहभागी हुन आफ्नो दल खुला रहेको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑