वीरगन्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ३० किलो अवैध लागुऔषध गाँजा बरामद गरेका छन । गए राति पौने १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डबाट सो गाँजा बरामद भएको छ।
एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।
चेकजाँचको क्रममा बिना नम्बर प्लेटको गाडीको डिकी भित्र दुईवटा प्लास्टिकले बेरेको पोकामा गाँजा बरामद भएको छ।
गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।