जनकपुर । जनकपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश–२–०३ ००१ ख ०५३२ नम्बरको बसले जनकपुरधामतर्फ आउँदै गरेको बा.८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुँनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ निवासी ३५ बर्षीय मनोज लामिछाने रहेको हो । सो बसले मोटरसाईकलमा सवार लामिछानेलाई खाद्य संस्थानको अगाडि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले लामिछानेको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको तथा घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।