• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देश छाडेका युक्रेनी शरणार्थी महिलालाई देह व्यापारमा लगाउन सक्ने खतरा

  • वीरगंज संजाल
  • १५ चैत्र २०७८, मंगलवार १३:२१
  • ३६४१

    वीरगंज । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच साता बितिसकेको छ । महाशक्ति राष्ट्र रुसले युक्रेनमाथि हमला जारी राख्दा युक्रेनी नागरिकले निकै दर्दनाक पीडा भोगिरहेका छन् । उनीहरुलाई बाँच्न मुस्किल भएको छ ।

    रातदिन बमगोला बर्सिरहेका छन् । बालबालिकाका लागि स्कुल छैनन् । बिरामी र उमेर पुगेका नागरिकका लागि स्वास्थ्य सेवा छैन । बस्नका लागि बास समेत छैन ।

    संयुक्त राष्ट्र संघका अनुसार अहिलेसम्म करिब एक करोड युक्रेनी नागरिकले देश छाडिसकेका छन् । केहीले सुरक्षित मानिएका क्षेत्रमा शरण लिइरहेका छन् भने ३ लाख ५० हजार बढीले देशको सीमा पार गरिसकेका छन् ।

    देश छाड्नेमा बालबालिका र वयोवृद्धहरु छन् । कारण युक्रेन सरकारले ६० वर्षभन्दा मुनिका नागरिकले रुस विरुद्ध लड्नुपर्ने भन्दै देश छाड्न नपाइने नियम लागु गरेको छ ।

    आफ्नो घरबार र सम्पत्ति सबै गुमाइसकेका अधिकांश शरणार्थीलाई अब के गर्ने थाहा छैन । देशको सीमा पार गरेकाहरुबाट बम गोला छुटिसकेका छन् । तर उनीहरु युक्रेन बाहिर पनि सुरक्षित भने छैनन् ।

    संयुक्त राष्ट्र संघको चेतावनी

    ‘दरिद्र र मानव तस्करका लागि युक्रेनमा कुनै त्रासदी छैन । उनीहरुका लागि यो महिला तथा बालबालिकालाई निशाना बनाउने एक मौका हो,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले ट्वीट गर्दै भनेका छन् । युक्रेन र उसका छिमेकी मुलुकका तस्कर गिरोह निकै सक्रिय भइसकेका छन् । युद्धको आडमा उनीहरु आफ्नो कारोबारलाई बढावा दिइरहेका छन् ।

    लेबनानस्थित होमोफेबर नामक मानव अधिकार संगठनमा संयोजकका रुपमा कार्यरत क्यारोलिना विर्जविस्काले सबैभन्दा बढी चिन्ता बालबालिकाको भएको बताएकी छन् ।

    ‘कैयौं युवा एक्लै युक्रेन सहरभन्दा टाढा गइरहेका छन् । पोल्याण्ड र अन्य देशमा गएका युवाको कुनै लेखाजोखा नराखिएका कारण कैयौं बालबालिका बेपत्ता भएका छन् । उनीहरु कहाँ कुन अवस्थामा छन् केही थाहा छैन,’ उनले भनेकी छन् ।

    क्यारोलिनले देश छाड्नेहरुको अवस्था बुझ्न आफू सीमा क्षेत्रमा गएको जनाएकी छन् । उनीहरुले एक रेल स्टेसनमा महिला र बालबालिकाको अत्यासलाग्दो अवस्था देखेको बताइन् ।

    सुरक्षा सवाल

    त्यहाँ रहेकामध्ये केहीले उनीहरुलाई खाना पस्किरहेका थिए । खाना खाँदा सबै कुरा सामान्य जस्तो लागेपनि अवस्था पीडादायी छ । मार्गेरिटी हुसमानवो नामकी अन्दाजी २५ वर्षीया युवती किभबाट दुई साता पहिले सीमासम्म आएकी थिइन् । ताकि उनी दशे छाडेर गइरहेका युक्रेनी नागरिक गलत मान्छेसँग नजाउन र नफसुन ।

    मार्गेरिटीले त्यहा निकै सुरक्षा चुनौती भएको र आफूलाई शरणार्थीको सुरक्षालाई लिएर निकै चिन्ता भएकोे बताएकी छन् ।

    ‘भीषण र  अत्यासलाग्दो युद्धबाट बचेर महिला तथा बालबालिका यहाँसम्म आइरहेका छन् । उनीहरुलाई पोल्याण्डको भाषा र अंग्रेजी आउँदैन । उनीहरुलाई के भइरहेको छ भन्ने सम्म थाहा छैन र उनीहरु हरेकको कुरामा विश्वास गरिहाल्छन्,’ उनले भनेकी छन् ।

    उक्त स्टेसनमा जो कोही आउने गरेको मार्गेरिटीले बताइन् । ‘म आएको दिन तीन जना इटाली नागरिकले सुन्दर महिलाको खोजी गरिरहेका थिए । ताकि उनीहरुलाई देह व्यापारमा लगाउन सकियोस् भनेर,’ उनले भनिन् । यो कुरा थाहा पाएपछि उनले प्रहरीलाई खबर गरिन् ।

    मार्गेरिटा युक्रेनी शरणार्थीलाई सहयोग गर्दै

    युद्धग्रस्त युक्रेनबाट भागेर

    मार्गेरिटीका अनुसार त्यहाँको माहोल पहिलेको तुलनामा केही शान्त बनेको छ । उनले प्रहरीलाई खबर गरेपछि अहिले निरन्तर गस्ती गरिरहेको छ । उनका अनुसार पहिले केही पुरुष सुन्दर महिला तथा बालबालिकालाई राम्रो–राम्रो ठाउँमा लैजान भन्दै उभिरहेका हुन्थे भने अहिले उनीहरु त्यहाँ देखिंदैनन् ।

    त्यहाँका शरणार्थी र प्रहरीलाई उक्त कुराबारे सचेत गराएपछि महिला तथा बालबालिकाको तस्करी गर्ने गिरोह स्वयंसेवकका रुपमा सक्रिय भइरहेको आशंका गरिएको छ ।

    ‘उनीे डेनमार्क पुगिसकेकी छन् । हामीले एलिनासँग स्काइपमा  कुराकानी गर्‍यौं । उनको  अनुभव निकै डरलाग्दो छ,’ एलिना मास्किवितीनाले त्यहाँ सचेतना फैलाउन फेसबुकमा लेखेकी छन् ।

    एलिना बालबालिकालाई लिएर युक्रेनबाट भागेर रोमानिया पुगेकी थिइन् । उनीहरु सीमा पार गर्नका लागि कसैको सहयोग पर्खिरहेका थिए ।

    वालिन्टियर्सको शरणार्थी केन्द्रमा रहेका सर्वसाधारणले एलिनाको बसाइबारे सोधेका थिए । उनीहरु फेरि एलिनासामु आए, र भने स्वीट्जरल्याण्ड बस्नका लागि राम्रो ठाउँ छ । उनीहरु महिलाले भरिएको गाडीमा उनीहरुलाई लिफ्ट दिइरहेका थिए ।

    उनीहरु एलिना र उनकी छोरीलाई गलत नजर लगाइरहेका थिए । एलिनाकी छोरी डराइसकेकी थिइन् । उनीहरुले एलिनाका छोराबारे केही कुरा सोधे । छोरा त्यति बेला अर्को कोठामा थिए । उनीहरुले छोरालाई निकै घुरेर हेरे ।

    ती अपरिचित व्यक्तिले एलिन चढेको गाडीमा कसैलाई पनि नलैजाने भनिरहेका थिए । जब एलिनाले उनीहरुको परिचयपत्र मागिन्, तब उनीहरु रिसले चुरचुर भए ।

    एलिनाले छोराछोरी बचाउनका लागि आफू जान तयार रहेको, तर आफूसँग अन्य महिला पनि हुनुपर्ने माग राखिन् । त्यसपछि अपरिचित व्यक्ति कतै जाँदा एलिना त्यहाँबाट भागिन् ।

    युक्रेनी शरणार्थीहरुलाई सुरक्षित ठाउँमा लैजाँदै एल्जबिएटा

    शरणार्थीलाई सुरक्षा

    एल्जबिएटा जार्मुलस्का पोल्याण्डकी प्रसिद्ध महिला उद्यमी हुन् । उनी ‘विमेन टेक द व्हिल इनिसिएटिभ’ की संस्थापक हुन् । उनले आफ्नो लक्ष्य युक्रेनी नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउनु रहेको बताएकी छन् ।

    ‘ठूलो कष्ट झेलेर पैदल यात्रा गरेर महिलाहरु यति टाढासम्म आएका छन् । उनीहरुलाई यहाँ पनि डर र उत्पीडनको सामना गरिरहनु परेको छ । यस विषयमा थप भन्न मसँग शब्द नै छैन,’ उनले भनिन् ।

    जार्मुलस्काले पोल्याण्ड–युक्रेन सीमामा रहेका युक्रेनी शरणार्थीलाई सुरक्षित लैजानका लागि महिला ६०० जना स्वयंसेवक खटाएकी छन् । जसलाई ‘अमेजिङ विमेन’ नाम दिएकी छन् ।

    मानव तस्करी र उत्पीडन

    पोल्याण्डको राजधानी वार्सा जान लिफ्ट दिने भनेपछि उनको गाडी क्षणभरमै भरियो । जसमा नादिया नामकी महिला आफ्ना तीन बच्चासहित बसिन् । गाडीमा बसेका उनीहरुलाई एलाले आवश्यक पानी, चकलेट र अन्य औषधिका विषयमा सोधिन् ।

    यात्रामा नादियाले युक्रेनको खारकिएवबाट त्यहाँसम्म पुग्न गर्नुपरेको संघर्ष उनलाई सुनाइन् । पोल्याण्ड पुगेपछि नादियाले केही राहत महसुस गरेकी छन् ।

    नादियाले मानव तस्करी र उत्पीडनबारे युक्रेनमा रहँदा रेडियोमा सुनेकी थिइन् । तर पनि उनी आफ्नो र बच्चाको ज्यान बचाउन त्यहाँ जान बाध्य थिइन् । युक्रेनमा उनको घरमा हमला भयो । उनलाई घर भन्दा भाग्नु सुरक्षित लाग्यो ।

    एला शरणार्थीका लागि काम गरिरहेकी छन् । तर सीमाबाट सुरक्षित निस्किनुको मतलब खतरा सकिनु भने होइन ।

    मानवअधिकारकर्मी के भन्छन् ?

    देश छाड्न सीमा क्षेत्रमा रहेका अधिकांशको चाहना युद्ध सकिए स्वदेश फर्किने छ । तर उनीहरुलाई त्यहाँ खान, बस्न तथा बालबालिकालाई स्कुल पठाउने वातावरण छैन । यस्ता आवश्यकताका कारण उनीहरुको जीवन थप असुरक्षित र कष्टकर हुनेछ ।

    ईयूका नेताहरुले सर्वसम्मतिमा युक्रेनी नागरिकका लागि रोजगार बजार, स्कुल तथा स्वास्थ्य सेवा विस्तार गर्ने बताइसकेका छन् । तर मानवअधिकारकर्मी शरणार्थीको तथ्यांक राख्नुपर्ने र उनीहरुलाई अधिकारका बारेमा बताउनु आवश्यक रहेको बताइरहेका छन् ।

    पोल्याण्ड–युक्रेनको सीमामा भेटिएका एक महिला स्वयंसेवकले आफूसँग पैसा नहुँदा थकाइ लाग्दा, साथीभाइ कोही नहुँदा कल्पनासम्म नगरेको काम सहजै गर्न मन लाग्ने गुनासो गरे ।

    जाँच प्रक्रिया

    यी महिला स्वयंसेवकलाई सानै उमेरमा देह व्यापारमा लगाइएको थियो । जसका कारण उनी आफ्नो जस्तो पीडा अरुले भोग्नु नपरोस् भन्दै युक्रेनका शरणार्थीलाई सहयोग गरिरहेकी छन् । ‘म उनीहरुको सुरक्षा गर्न, सजग गराउन चाहन्छु । म नाम उल्लेख गर्न चाहन्नँ, ताकि बालबालिकाले मेरो दर्दनाक विगत नसुनुन्,’ ती स्वयंसेवक महिलाले भनेकी छन् ।

    महिला र बालबालिकामाथि शोषण

    वार्सामा मानव तस्करी विरुद्ध काम गरिरहेको संस्था ‘ला स्ट्राडा’की कार्यकारी प्रमुख आइरिना डेविडले यस्तो घटना कुनै न कुनै रुपमा जहिल्यै आइरहने बताइन् ।

    तर युक्रेनमा बढिरहेको युद्ध र संघर्षबाट महिला तथा बालबालिकामाथि हुने शोषण थप बढेकोमा उनले चिन्ता जनाइन् । उनलाई किशोर शरणार्थीलाई लिएर पनि चिन्ता छ । ‘किशोर वर्गलाई असुरक्षा छ । उनीहरुलाई स्वीकार्यता र पहिचान चाहिन्छ,’ आइरिनाले भनेकी छन् ।

    किशोरीहरु आफूभन्दा बढी उमेरका पुरुषप्रति आकर्षित हुन सक्छन् । उनीहरुलाई आफूजस्तै अन्य किशोरीसँग चिनजान बढाउन मन लाग्छ । पछि उनीहरु पाटीमा भेट्न बोलाउँछन्  । यसरी उनीहरुको काम सुरु हुन्छ । यस्तो हुँदा पुरुष मात्रै तस्कर रहँदैनन् महिला पनि तस्कर बन्छन् ।

    बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑