• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    लाइसेन्सका लागि आवेदन दिएको १५ दिनभित्र परीक्षा दिलाउने तयारी

  • वीरगंज संजाल
  • १३ चैत्र २०७८, आईतवार १५:२६
  • ३०४१

    वीरगन्ज | यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको १५ दिनभित्र ट्रायल र लिखित परीक्षा दिलाउने तयारी गरेको छ ।

    विभागले एक महिनाका लागि नयाँ आवेदन बन्द गरेर यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो । अबको केही महिनामै यस्तो व्यवस्था ल्याउन लागेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

    नयाँ आवेदकले आवेदन दिएको १५ दिनभित्र पालो आउने व्यवस्था ल्याउन लागिएको उनले बताए । ‘‘आवेदन दिएको १५ दिनभित्र ट्रायल परीक्षाको पालो आउनेछ । आवेदकले आवेदन दिएको एक सातामा कर्न्फम डेट पाउँछ । त्यसपछि परीक्षाको पालो एक सातापछि आउँछ,” उनले भने, “त्यसपछि देशैभरका यातायात कार्यालयमा कहाँ कति सिट खाली छ भन्ने कुरा विभागको सिस्टमले देखाउनेछ ।”

    एउटा यातायात कार्यालयमा आवेदन ‘प्याक’ भए आवेदकले अर्को कार्यालयमा आवेदन दिएर १५ दिनभित्र परीक्षा दिन पाउने उनले जानकारी दिए । ‘‘देशैभरिका कार्यालयबाट सिस्टममा परीक्षा सञ्चालन गरिनेछ । यसरी परीक्षा सञ्चालन गर्दा सबै कार्यालयमा प्याक भएको खण्डमा कार्यालयले आवेदन लिने छैनन् । आवेदकले त्यसको पछिल्लो दिन पुनः आवेदन दिनुपर्नेछ,” महानिर्देशक घिमिरेले बाह्रखरीसित भने ।

    विभागले अबको केही महिनादेखि लागु गरिने यस व्यवस्थालाई एक प्रकारको कोटा सिस्टम भनेर प्रष्ट पारेको छ । पुराना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स उपलब्ध गराएर मात्रै यो व्यवस्था लागु गरिने विभागले जनाएको छ ।

    यसअघि, आवेदन दिएको आठ महिना/वर्ष दिनमा मात्रै ट्रायल र लिखित परीक्षाको पालो आउथ्यो । ‘‘हाल पुराना सेवाग्राहीको चाप घटाउने काम भइरहेको छ । यसअघि सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध नगराएकै कारण एक महिनाका लागि नयाँ आवेदन बन्द गराएका हौँ,” उनले भने, “केही महिनामा पुराना सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराइसक्छौँ । त्यसपछि नयाँ व्यवस्थाअनुसार १५ दिनमै परीक्षा लिन्छौँ ।”

    वाग्मतीबाहेकका प्रदेशमा परीक्षाको नयाँ नियम लागु
    वाग्मती प्रदेशबाहेक अरू प्रदेशमा विभागले ल्याएको परीक्षाको नयाँ प्रावधान कार्यान्वयनमा आइसकेको छ । त्यसानुसार लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ । वाग्मतीमा पनि केही महिनाभित्रै यो प्रावधान लागु गरिने महानिर्देशक घिमिरेले जानकारी दिए ।

    दुई लाख ५० हजार पुराना लाइसेन्स छाप्न बाँकी
    केही महिनाअघि खरिद गरेका १४ लाख स्मार्टकार्ड अहिले प्रिन्ट भइरहेको विभागले जनाएको छ । महानिर्देशक घिमिरे भन्छन्, ‘‘हामीले स्मार्ट लाइसेन्स प्रिन्ट गरेर देशभरका यातायात कार्यालयमा पठाइरहेका छौँ । करिब दुई लाख ५० हजार आवेदकको स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । अब वैशाख १५ गतेभित्र सबै पुराना सेवाग्राहीलाई स्मार्टलाइसेन्स वितरण गर्नेछौँ ।”

    नयाँ आवेदन खुलेसँगै सेवाग्राहीले लिखित परीक्षा उत्तीर्ण भएको केही दिनमै परीक्षणकालीन लाइसेन्स पाउने उनले बताए । नवीकरणका लागि राजस्व तिरेको १५ दिनभित्र स्मार्ट लाइसेन्स उपलब्ध गराइने उनको भनाइ छ ।

    कहिले खुल्छ नयाँ आवेदन ?
    विभागले हाल बन्द रहेको आवेदन खुलाउन एक महिना लाग्ने जानकारी दिएको छ । छिटोमा वैशाख १५–२० गते र ढिलोमा वैशाख मसान्तसम्म आवेदन खोलिने घिमिरे बताउँछन् ।

    ‘‘पुरानो प्रिन्टिङ वैशाख १५ भित्र वितरण गर्न सक्यौँ भने त्यसपछि रेगुलर लाइसेन्स उललब्ध गराउन सकिनेछ,” घिमिरेले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑