• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गठबन्धनको पक्षमा रहेका देउवा घेराबन्दीमा

  • वीरगंज संजाल
  • १३ चैत्र २०७८, आईतवार ०७:१९
  • ३२०५

    वीरगंज | प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल कांग्रेसका लागि घातक हुने बताइएको छ ।

    वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिनुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ । केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ–आफ्नो राय राखिसकेका छन् ।

    आउँदो निर्वाचनमा अन्य दलसँगको गठबन्धर तालमेलबारे नेताहरूको अहिले जे जस्तो धारणा आए पनि ‘ग्राउन्ड रियालिटी’ बुझेपछि मात्र निर्णय गर्ने बताउँदै आएको कांग्रेसले केन्द्रीय समिति बैठकमा ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा ७७ जिल्लामा खटिएका केन्द्रीय सदस्यहरूले बैठकमा प्रारम्भिक प्रतिवेदन पेस गरिरहेका छन् । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले जानकारी दिएअनुसार अहिलेसम्मको छलफलको निष्कर्ष स्थानीय निर्वाचनमा एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा पनि कांग्रेसले जित्छ भन्ने रहेको छ । तालमेल गर्नैपर्ने अवस्था आएमा कुन दलसँग कसरी तालमेल गर्ने भन्ने निर्णय गर्ने जिम्मा तल्लो तहलाई नै दिनुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूको मत रहेको छ ।

    केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरूले छुट्टाछुट्टै समूहमा पनि छलफल चलाइरहेका छन् । शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको छलफलमा केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्र्वजिल्ला सभापतिलगायत करिब एक सय नेता भेला भएका थिए । यो भेलाले पनि तालमेललाई पूर्ण अस्वीकार नगर्ने भन्दै तालमेलको गर्ने अधिकार पार्टीको स्थानीय संरचनालाई दिनुपर्ने निष्कर्ष निकालेका केन्द्रीय सदस्य आचार्यले बताउनुभएको छ । केन्द्रीय बैठक बस्नुअघि उपसभापति धनराज गुरुङको कक्षमा बसेको डा. शेखर कोइराला पक्षधरका नेताहरूको बैठकले पनि केन्द्रीय तालमेल गरी सिट बाँडफाँट गर्ने कुरालाई अस्वीकार गर्ने भन्दै सम्भव हुँदासम्म गठबन्धनमा नगई आफ्नै तागतले चुनाव जित्नुपर्ने निष्कर्ष निकालेको थियो ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा प्रदेश नम्बर एकका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, वागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र कर्णाली प्रदेशका सभापति ललितजंग शाहीलाई पनि आमन्त्रण गरिएको थियो । प्रदेश सभापतिहरूको पनि केन्द्रबाट तालमेल र गठबन्धन लाद्न नहुने भन्दै कांग्रेस नेतृत्वलाई सजग गराएका थिए ।

    गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले त माथिबाट तालमेल लादेमा कांग्रेसभित्र विद्रोह हुने भन्दै चेतावनीसमेत दिनुभएको थियो । शर्माले पहिला पार्टीभित्र आन्तरिक एकता गरेर मात्र बाहिरी दलसँगको एकता खोज्नुपर्छ भन्दै पार्टी नेतृत्वलाई व्यंग्य गर्नुभएको थियो ।

    एकमहिने अभियानमा जिल्ला खटिएका केन्द्रीय सदस्यहरूले प्रतिवेदन पेस गर्ने क्रम जारी रहेकाले कांग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने केन्द्रीय सदस्य आचार्य बताउनुहुन्छ । बैठक लम्बिने भएसँगै केन्द्रीय संसदीय समिति गठनमा पनि ढिलाइ हुने बताइन्छ । स्थानीय निर्वाचनमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा गर्ने कांग्रेस केन्द्रीय संसदीय समितिको सभापति र महामन्त्री पार्टी सभापति र महामन्त्री नै हुने व्यवस्था रहेको छ भने पदाधिकारीहरू पदेन सदस्य रहने व्यवस्था छ । संसदीय समितिमा केन्द्रीय सदस्यमध्येबाट बढीमा ११ जना सदस्य रहन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑