• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा मानवसेवा आश्रमको भवन शिलान्यास सम्पन्न

  • वीरगंज संजाल
  • ११ चैत्र २०७८, शुक्रबार १७:२२
  • २४१७

    वीरगञ्ज। सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्दै आएको मानवसेवा आश्रम वीरगञ्जका लागि बन्ने भवनको आज शिलान्यास गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सङ्घीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गरेका हुन् ।

    महानगरपालिकाले उपलब्ध गराएको लगभग १८ कठ्ठा क्षेत्रफलमध्ये १४ कठ्ठामा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसहितको भवन निर्माण गरिने आश्रमका प्रदेश संयोजक देवेश गुप्ताले बताए । बाँकी रहेको जग्गामा घुमघाम गर्नका निमित्त पार्क र अन्य रचनात्मक गतिविधिका लागि खाली रहने छ । भवन निर्माणमा लगभग १८ करोड खर्च लाग्ने अनुमान गरिएको गुप्ताले जानकारी दिए । निर्मित भवनले भोजपुरी कला सँस्कृतिलाई झल्काउने, वातावरण सुहाउँदो र भूकम्प प्रतिरोधी हुने बताईएको छ ।

    शिलान्यास पूर्व कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले आश्रम निर्माणमा लाग्ने खर्चका लागि प्रदेश सरकारले भएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ छुट्ट्याएपनि जग्गाको आभवमा खर्च गर्न नपाएको बताए । ‘आश्रमको भवन निर्माणका लागि मधेश प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ छुट्याएका थियौं । तर जमिन नभएकाले दिन सकेनौं,’ मुख्यमन्त्री राउतले भने, ‘तर अब भवन बन्न लागेको छ । निर्माण सञ्चालनलगायतमा प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।’

    पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद् प्रदीप यादवले आगामी बजेटमा मानवसेवा आश्रमको भवन निर्माणका लागि विशेष बजेट छुट्याउने जिकिर गरे । उनले मानवताको कामका लागि आफू सधै तयार रहने बताउँदै अन्य दातृ निकायबाट समेत समन्वय गरेर सहयोग उपलब्ध गराउने बताए ।

    तिन वर्ष भित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गर्मीमा शितल र जाडोमा न्यानो दिने प्रविधि रेम्ड अर्थ प्रविधिबाट भवन निर्माण गर्न लागिएको गुप्ताले बताए । आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराएको छ । जसमध्ये २५ लाख रुपैयाँबाट आश्रम अगाडीको रहेको जग्गालाई बाटो प्रायोजनका लागि खरिद गरिएको छ र बाँकी २५ लाखबाट माटो पूर्ण र अन्य प्रारम्भिक कामहरु भइरहेको छ ।

    मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।

    ०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑