वीरगन्ज । नेपालमा यो साता कोभिड संक्रमणबाट एक जनाको मात्रै मृत्यु भएको छ । फागुन २५ गते बुधबारदेखि आजसम्म ६९१ जना संक्रमित थपिँदा एक जनाको मात्रै मृत्यु भएको हो ।
हालसम्म कोभिड १९ संक्रमणबाट मृत्यु हनुेको संख्या नेपालमा ११ हजार ९५० पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ भने ४ जिल्लामा संक्रमण शून्य भएको छ ।
कोभिड फ्री हुनेमा मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरा छन् । काठमाडौं, ललितपुर, चितवन, कास्की र बाँकेमा सक्रिय संक्रमित २०० भन्दा बढी छन् भने बाँकी जिल्लामा यो संख्या २ देखि २ सयसम्म रहेको छ ।