पर्सा । चर्काे घामका कारण पर्साको एक विद्यालयका १५ जना विद्यार्थी अचेत भएका छन् ।पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचेत भएका हुन् ।
कक्षा ८, ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थी चर्काे घामका कारण पढाई भईरहेकै अवस्थामा अचेत भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले जानकारी दिए ।
प्रधानाध्यापक थारुका अनुसार उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा लिएर उपचार गराएपछि अहिले अवस्था सामान्य रहेको छ ।