• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनामा भर्ती हुन काम सकाएर हरेक राति दौडिने किशोरको भिडियो भाइरल

  • वीरगंज संजाल
  • ८ चैत्र २०७८, मंगलवार ००:२७
  • ४५१७

    नयाँ दिल्ली । काम सकाएर घरतर्फ दौडिरहेको भिडियो भाइरल भएपछि एकजना भारतीय पुरुषलाई सहयोगका लागि थुप्रै प्रस्तावहरू आएका छन् । सो भिडियो फिल्म निर्माता विनोद कापरीले बनाएका हुन् ।

    ती १९ वर्षिय प्रदीप मेहरा नामक किशोर आफ्नो कार छेउबाट दौडिरहेको देखेपछि विनोदले उनलाई लिफ्टको प्रस्ताव गरेका थिए । तर उनले कार चढ्न मानेनन् । उनले भारतीय सेनामा भर्ती हुन आफूलाई शारीरिक रूपमा बलियो बनाउने उद्देश्यले हरेक दिन काम सकाएर आफू १० किलोमिटर दौडेर घर पुग्ने गरेको बताएका थिए ।

    आइतबार साँझ सामाजिक सञ्जालमा अपलोड भएको भिडियोलाई असी लाख भन्दा बढीले हेरिसकेका छन् । शनिबार राजधानी नयाँ दिल्ली नजिकको नोयडा सहरस्थित म्याकडोनाल्डसको एउटा आउटलेटमा रात्रिकालीन काम सकाएर घरतर्फ दौडिरहेकोबेला मेहरालाई कापरीले देखेका हुन् । ब्याकप्याक बोकेर एक सुरले दौडिरहेको देखेर समस्या परेको हुनसक्ने आकलन गरेर विनादेले सहयोग गर्न खोजेका थिए ।

    उनले किन लिफ्ट अस्वीकार गरेको भनी सोध्दै गर्दा कारको गति मन्द गररे विनोदले भिडियो खिचेका थिए । निर्देशक विनोदले यो भिडियो ट्विटरमा सेयर गर्दै लेखेका छन्, “उनको कारण सुनेपछि तपाईंहरूले यस केटोलाई मनपराउनु हुनेछ ।”

    नोयडामा आफ्नो दाइसँग बस्ने मेहराले विनोदलाई भनेका छन्, “दिउँसो व्यायाम गर्ने समय नै नभएकाले यसरी राति दौडिने गरेको छु । यदि मैले तपाईंका कारमा यात्रा गरेँ भने मेरो रुटिन नै गोलमाल हुनेछ ।”

    विनोदले सँगै खाना खान राखेको प्रस्ताव पनि अस्वीकार गर्दै उनले भनेका छन्, “अहिले गएर दाइ र मलाई खाना पकाउनुपर्छ । दाइ पनि रात्रिकालीन काम गर्नुहुन्छ ।”

    उनले बिहान पनि काममा जानुअघि खाना पकाउनु पर्ने भएकाले बिहान दौडिन समय नभएको बताएका छन् । उनले आफना अभिभावक उत्तराखण्ड स्थित आफ्नो घर फर्कनु भएको र पिताले बिरामी आमालाई स्याहार्नु परेको बताएका छन् ।

    विनोदले यदि भिडियो भाइरल भयो भने के गर्छौ भनी सोधेको प्रश्नको जवाफमा उनले मुस्कुराउँदै भने, “मलाई कसले चिन्लान् र… । भाइरल भइहाल्यो भने पनि ठिकै छ । मैले कुनै नराम्रो काम गरेको छैन क्यारे ।”

    बीबीसीले यसबारे राय बुझ्न मेहरालाई फोन र मेसेज गरेको थियो । तर उनले जवाफ दिएनन् । विनोदले पनि केही टिप्पणी गर्न चाहेनन् ।

    यस भिडियोलाई हेरेर हजारौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले लेखेका छन्, “मैलै भिडियो नहेरी बस्न सकिनँ । निजामती कर्मचारी र राजनीतिज्ञहरूले यस केटोको धैर्यता र समर्पण हेरेर आफूलाई गौण महशुस गर्न सक्छन् ।”

    लेफटिनेन्ट जनरल सतिश दुवा (अवकाश प्राप्त)ले ट्विट गरेका छन्, “मैले एकजना वरिष्ठ भारतीय सैनिक अधिकारीसँग उनको तालिमका लागि कुरा गरिसकेको छु ।”

    विपक्षी समाजवादी पार्टीका प्रवक्ताले तिनीहरूले उनको शिक्षा र उनकी आमाको उपचारका लागि खर्च बेहोर्न तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑