• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पश्चिमाको प्रतिबन्ध झेलिरहेको रुससँग सस्तोमा कच्चा तेल किन्ने तयारीमा भारत

  • वीरगंज संजाल
  • ५ चैत्र २०७८, शनिबार १३:२६
  • ३७५३

    वीरगंज | अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनको प्रतिबन्ध झेलिरहेको रुसले भारतलाई सस्तो दाममा कच्चा पदार्थ किन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थ खपत गर्नेमा विश्वकै सबैभन्दा ठूलो मध्येको एक मुलुक भारतलाई सस्तो मूल्यमै कच्चा तेल किन्न रुसले प्रस्ताव गरेको हो । सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा कायम मूल्यभन्दा रुसले भारतलाई प्रति ब्यारेल २० देखि २५ डलर सस्तो दाममा कच्चा तेल बेच्नेछ । यसरी रुसले बेचेको कच्चा तेल भारतीय बन्दरगाहसम्म आफैँ ढुवानी समेत गरिदिने र इन्स्योरेन्स रकम समेत स्वयं तिर्ने छ । यतिबेला भारत रुसको प्रस्तावलाई गम्भीर रूपमा सोचिरहेको छ । यदि भारतले रुसको यो प्रस्ताव स्वीकारेमा सस्तो दाममै कच्चा तेल पाउनेछ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०७ अमेरिकी डलर छ । यो मूल्यभन्दा २० देखि २५ डलर सस्तोमा रुसले तेल बेच्न प्रस्ताव गरेको हो ।

    दुई मुलुकबीच कच्चा तेल किन्न सम्झौता सम्पन्न भएमा भारतीय रुपैयाँ र रसियन मुद्रा रुबलमै भुक्तानी हुनेछ । अमेरिकी गठबन्धनले रुसलाई डलर भुक्तानी प्रणाली स्वीफ्टबाट बाहिर निकालिसकेको छ । सोहीकारण, डलरबाट भुक्तानी सम्भव नहुँदा भारू र रुबलमै भुक्तानी गर्नुपर्छ । भारतले आफ्नै मुद्रा तिरेर रुससँग कच्चा तेल किन्दा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बन्छ । भारतको डलरसँगको निर्भरता केही हदसम्म घट्ने भएकाले भारूको बिनिमयदर बढ्ने र अमेरिकी डलर कमजोर बन्न बताइएको छ । डलरको तुलनामा भारू बलियो हुँदा नेपाली मुद्रालाई समेत फाइदा गर्छ ।

    रुसले युक्रेनमाथि सैन्य हमला सुरू गरेयता पेट्रोलियम पदार्थको मूल्य दिनदिनै बढिरहेको छ । यसबीचमा दबाब दिन पश्चिमा मुलुकले तेल रुसबाट तेल आयात कटौती गरिरहेका छन् । बेलायतले सन् २०२३ सम्म रुसबाट तेल नकिन्ने घोषणा यसअघि नै गरिसकेको छ । यस्तै, अन्य युरोपियन मुलुकले पनि रुसबाट हुने तेल आयात घटाउने घोषणा गर्दैछन् । विश्वको तेस्रो ठूलो उत्पादक र दोस्रो ठूलो निर्यातक मुलुक रुसले आफ्नो प्रमुख बजार युरोपको बिक्री घटेपछि तेलका अन्य ग्राहक खोजिरहेको छ । नयाँ ग्राहकको खोजीमा रहेको रुसले छिमेकी मुलुक चीन र मित्र राष्ट्र भारतलाई प्राथमिकतामा राखेको बताइन्छ । किनकी, यी दुई मुलुकमा खपत हुने पेट्रोलियम पदार्थ पूर्णरूपमा परनिर्भर छन् । यस्तै, यी दुई मुलुक विश्वकै ठूला मध्यका पेट्रोलियम खपत कर्ता हुन् ।

    भारतले गत वर्ष सन् २०२१ मा विदेशी मुलुकबाट १७६ मिलियन टन कच्चा तेल किनेको सरकारी आँकडा छ । यो कोरोना महामारीका कारण देशव्यापी लकडाउनका कारणले पेट्रोलियम पदार्थको खपत घटे पछिको हो । यसअघि, सन् २०२० मा भारतले १९६ मिलियन टन कच्चा तेल आयात गरेको थियो । यस्तै, सन् २०१९ मा २२७ मिलियन टन र २०१८ मा २२६ मिलियन टन कच्चा तेल आयात गरेको आँकडा छ । भारत वर्षेनी खपत हुने सयौं मिलियन टनभन्दा बढी पेट्रोलियम पदार्थमध्ये ८५ प्रतिशतभन्दा धेरै आयातमा निर्भर छ । बाँकी १५ प्रतिशत कच्चा तेल मात्रै भारतमा उत्पादन हुन्छ । भारतले आयातित कुल तेलमध्ये ६० प्रतिशत तेल खाडी मुलुकबाट किन्दै आएको छ । भारतले सबैभन्दा धेरै तेल साउदी अरब र अमेरिकासँग किन्छ ।

    यस्तै, इराक, इरान, ओमान, कुवेत र रुसबाट पनि केही मात्रामा खुला बजारका आधारमा तेल किन्दै आएको छ । यसैगरी, कतार, संयुक्त अरब इमिरेट्सबाट समेत तेल उठाउँदै आएको छ । हाल रुसबाट आयात हुनेमध्ये जम्मा २ प्रतिशत मात्रै कच्चा तेल किन्दै आएको छ । जबकी, रुसको कच्चा तेल उद्योगमा भारतले १६ अर्ब डलरभन्दा धेरै लगानी गरेको छ । तर, पछिल्लो प्रस्ताव स्वीकारेमा सम्भवत भारतको सबैभन्दा ठूलो तेल साझेदार रुस बन्न सक्छ । किनकी उसले अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा सस्तोमा तेल बेचेर भारतीय बन्दरगाहसम्म ल्याइदिनेछ । एजेन्सीहरूको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑