काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’bout छलफल थालेको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवारको मापदण्ड’bout छलफल सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा पेस भएको छ । सो मस्यौदामा छलफल गर्दै जसपाले उम्मेदवारको मापदण्ड निर्धारण गर्ने कार्यदलका सदस्य मनीष सुमनले बताए ।
मस्यौदा समितिमा सुमनका साथै नवराज सुवेदी र हिसिला यमी रहेकी छन् । तीन सदस्यीय सो कार्यदलले तयार गरेको प्रस्ताव’bout छलफल भएको हो । कार्यदलले निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्न पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध भएको हुनपर्ने, सक्रिय, लोकप्रियता, दक्षता र निरन्तर उम्मेदवारी चयनको मूल मापदण्ड हुनेछ । यस्तै गाउँ, नगर र वडाको वस्तुस्थितिको पूरा अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्योल हुने निर्देशिकामा उल्लेख गरिएको छ ।
पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकतालाई आत्मसात् गर्ने, पार्टी समितिमा संगठित वा सक्रिय भएको, सामाजिक काममा समर्पित भएको, स्वच्छ सामाजिक छवि भएको, विजयी हासिल गर्न सक्ने, भूगोल बुझेको, सुशासन प्रत्याभूति गर्न सक्नेलगायतका मापदण्ड’bout जसपा बैठकमा छलफल भइरहेको छ । उम्मेदवारको चयन स्थानीय तहबाट नै चयन गर्ने, पालिका तहबाट तीन जनाको नाममा छलफल गरी त्यसमध्ये एक जना उम्मेदवार चयन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । पालिका तहमा सहमति नभए सोभन्दा एक तह माथिल्लो निकायमा पठाइने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिका केन्द्रीय समितिले पारित गरिसकेको छ । पालिकामै सहमति नभएको अवस्थामा माथिलो कमिटीले वस्तुस्थिति बुझेर निर्णय गर्नेछ । ‘स्थानीय तह निर्वाचन निर्देशिका बैठकबाट धवनी मतको माध्यमबाट पारित भएको छ । ७० भन्दा बढी केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । अब पारित निर्देशिकाअनुसार उम्मेदवार छनोट हुन्छ,’ समुनले राजधानीसँग भने ।
यस्तै, बैठकमा पार्टीका नेता रकम चेमजोङले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । जसमा आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने प्रस्ताव गरिएको छ । यस्तै, स्थानीय तहको चुनाव मिति घोषणाको स्वागत गरिएको छ । यस्तै, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसलाई कार्यान्वन गर्न माग गरिएको छ ।सोमबारको बैठकमा सांगठनिक, विधान महाधिवेशन’bout छलफल हुने एजेन्डा रहेको छ । जसपा नता सुमनका अनुसार सांगठनिक, विधान महाधिवेशनसहित विविध प्रस्तावमा छलफल गरेर नेतालाई गाउँगाउँमा केन्द्रित हुन निर्देशन हुनेछ । जसपाको कार्यकारिणी समितिले यसअघि नै आगामी १ र २ असारमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । विधान महाधिवेशनबाट पार्टीको विधान, संगठनलगायतका विषयमा निर्णय हुनेछ ।