वीरगंज | नारायणी अस्पतालमा छिट्टै एमआरआई सेवा सुचारु हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र प्रद्यानले बताउनु भएको छ । रेडियो सान्भीसंग कुराकान गर्दै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रद्यानले निकट भविष्यमा नारायणी अस्पतालले वीरगञ्ज बजार भन्दा धेरै सस्तो दरमा एमआरआई जाँचको सेवा दिने बताउनु भएको हो ।
पछिल्लो समयमा नारायणी अस्पतालमा ७० वर्षभन्दा माथिका वृद्धहरुको उपचारको लागि ७ बेडको जियाट्रीक वार्ड सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । सिटि स्क्यान सेवा सञ्चालनमा आएको बताउदै उहाँले हिस्टोप्याथलोजी बाहेकका अन्य सबै जाँचका सुबिधा अस्पतालमा उपलब्ध रहेको जानकारी दिनु भयो ।
लामो समयदेखि बन्द रहेको अस्पतालको कानको श्रवण शक्ति जाँच गर्ने अडियोग्राम सेवा छिट्टै सञ्चालनमा आउने डा. प्रद्यानले बताउनु भयो । अस्पतालको सरसफाईका लागि सम्बन्धित वार्डका ईन्चार्जहरुले सफाई कर्मचारीलाई खटाउनु पर्ने धारणा राख्दै डा. प्रद्यानले अस्पताल सार्वजनिक थलो भएकाले सबै जनाले सरसफाई , सेवा सुबिधा सुधार गर्न पहल गर्नुपर्ने बताउनु भयो ।