• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा राजस्व चुहावट नियन्त्रण र भैइकल एण्ड कन्साईन्मेन्ट ट्र्याकिङ्ग सिस्टम (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७८, आईतवार ००:१०
  • २९४५

    वीरगञ्ज । राजस्व चुहावट नियन्त्रण र भैइकल एण्ड कन्साईन्मेन्ट ट्र्याकिङ्ग सिस्टम (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । राजस्व अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा संघकै कार्यकक्षमा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले भिसिटिएस बारे निजी क्षेत्र पनि अनविज्ञ रहेकाले साना व्यवसायको हकमा भिसिटिएस भर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने बताए । सरकारी कार्यालयहरुबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरु विभिन्न झण्झट र जटिलता व्यहोर्नुपरेकोले अन्तर सरकारी निकायहरुबीच समन्वय हुनुपर्नेमा अध्यक्ष डा. गुप्ताको जोड छ ।

    राजस्व अनुसन्धान विभागका निर्देशक कृष्णप्रसाद पाण्डेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै राजस्व चुहावट नियन्त्रणका लागि सबै व्यवसायीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे । विभागका निर्देशक मुक्तिराम अर्यालले विभागका काम, क्षेत्राधिकार, राजस्व चुहावटको नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । विभागका कम्प्यूटर अधिकृत पवन बस्नेतले भिसिटिएसका प्राविधिक पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राजस्व चुहावट नियन्त्रण राज्यको प्राथमिकता रहेकोले यसको नियन्त्रणको लागि सबै पक्षले सहयोग गर्न आग्रह गरे । भिसिटिएसका सम्बन्धमा अँझ पनि व्यवहारिक जटिलता कायमै रहेकोले यस्ता अन्तरक्रियाका माध्यमबाट विभागले आफ्नो तवरबाट भिसिटिएसका सम्बन्धमा रहेका नीतिगत एवम् व्यवहारिक जटिलतालाई न्यूनीकरण गर्दै जानुपर्ने र निजीक्षेत्रले पनि भिसिटिएसका बारे अभ्यस्त हुँदै जानुपर्ने ढकालको भनाई छ ।

    कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवाल, आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा आफ्नो धारणा राखेका थिए । सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कार्यकारिणी समिति सदस्य शिवजी साह, सुरेश रुँगटा, उद्यमी दीपक पोखरेल लगायतले भिसिटिएसका सम्बन्धमा भोगेका कठिनाईका सम्बन्धमा आफ्नो अनुभव सुनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑