वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच सरावगी एमाले प्रवेश गरेका हुन्। उनीसँगै चार जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका छन्।
सरावगी र वडाध्यक्षहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका थिए। बाराको एउटा वैवाहिक कार्यक्रममा सहभागी भएपछि ओली वीरगञ्ज पुगेका थिए।
वीरगञ्जमा एउटा जनसहभागितासहित पार्टी प्रवेशको कार्यक्रम राखिएको थियो। कार्यक्रममा एमाले मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायत थिए। सराबगी जनता समाजवादी पार्टीबाट मेयर निर्वाचित भएका थिए।