जनकपुरधाम | सप्तरीमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको सजाय पाएर फरार रहेका ५३ वर्षीय पुरुष १० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका–९ का बेचन भन्ने जगदीश यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
०६८ साल जेठमा साविक कमलपुर गाविसकी १२ वर्षीया बालिकालाई यादवले जबर्जस्ती करणी गरेका थिए। यादव जबर्जस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतले ०६८ चैत १ गते र तत्कालीन पुनरावेदन अदालत राजविराजले २०७१ वैशाख २९ गते ६ वर्ष कैद जरिवाना ठहर गरेका थिए।
सजाय पाएर फरार रहेका यादवलाई खोजतलासको क्रममा बुधबार राति आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यादवलाई जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानका लागि कारागार चलान गरेको प्रवक्ता काफ्लेले बताए।