• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तह निर्वाचनको मुखमा किन दल त्याग गरिरहेका छन् जनप्रतिनिधि?

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७८, शनिबार ००:२०
  • २१०५

    वीरगन्ज । मोरङको र सिन्धुपाल्चोक पार्टी परिवर्तनको लहरका प्रतिनिधि घटनामात्र हुन्। स्थानीय तह निर्वाचनको मुखैमा पार्टी अदलबदल गर्ने जनप्रतिनिधिको सूची लामै छ। फागुन २ गते रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सोनोजकुमार यादव एमालेमा लागे। तत्कालीन मधेशी जनअधिकार फोरोमबाट उनले चुनाव जितेका थिए। एमालेमा जानुअघि नउ जनता समाजवादी (जसपा) मा रहेका थिए।

    रुपन्देहीकै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारीले पनि माओवादीबाट बिदा लिए। र, एमाले रोजे।

    यी सबै घटनाक्रमले पार्टी परित्याग गर्ने लहर देशव्यापी छ भन्ने पुष्टि गर्छ। तर पार्टी अदलबदल चुनावको मुखमा मात्र भएको भने होइन।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादका बेला गुट छान्नुपर्ने सकस थियो नेता/कार्यकर्तामा।

    माओवादीबाट राष्ट्रिय राजनीतिमा उदाएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायतले पार्टी त्यागे। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले गरेको माओवादी-एमाले एकता बदरको आदेशले तरङ्ग ल्यायो। त्यसैको असर, नेता माधवकुमार नेपाल र झलनाथ खनाल एमालेमै अडिन सकेनन्। नेपाल-खनालले नेकपा (एकीकृत समाजवादी) गठन गरे। एमालेका नेता/कार्यकर्तालाई समाजवादीमा तानेर पकड जमाउने दाउमा छन्, नेपाल-खनाल। त्यसो त एमालेले पनि माओवादी केन्द्र र अरु कम्युनिस्ट पार्टीहरुबाट कार्यकर्ता तान्न अभियान नै चलाएको छ। कतिपय ठाउँमा एमाले अरु पार्टीका नेता/कार्यकर्तालाई आफ्नो पार्टीमा तान्न सफल पनि भएको छ।

    ‘सबै एमाले भएपछि माओवादीमा बस्ने अप्ठेरो’

    एमाले त्यागेका क्षेत्री पार्टी परित्यागको दोष ओलीलाई दिन्छन्।

    ‘नेकपा एमालेमा ‘बा’को संस्कृति छ। बाको संस्कृति छाडेर दाइको संस्कृतिमा आएको छुँ,’ उनको प्रष्टिकरण छ। एमालेभित्र संगठनात्मक संरचनाले काम गर्ने भन्दा पनि ओलीको ‘हुकुमी शैली’ले पार्टी चलेकाले आफू अहिले कांग्रेसमा प्रवेश गरेको उनको भनाइ थियो।

    माओवादीबाट एमालेमा प्रवेश गरेकी रंगेली नगरपालिकाकी उपमेयर खरालको धारणा भने क्षेत्रीको भन्दा ठीक विपरीत छ। उनी माओवादी छाडेर एमालेमा प्रवेश गर्नुको कारण कुनै सैद्धान्तिक असहमति भने होइन। बरु एमालेको आक्रामक संगठन विस्तार शैलीले उनी माओवादी परित्यागको निर्णयमा पुगेकी हुन्।

    माओवादीप्रति कुनै गुनासो नहुँदा नहुँदै पनि एमालेमा प्रवेश गरेको उनले बताइन्। पार्टी परित्यागको लहरले स्थानीय तहको निर्वाचनको मत परिणाममा फरक पर्ने खरालले बताइन्। यद्यपि, अझै दुई महिना बाँकी भएकाले त्यतिबेलाको माहोल अहिले नै भनिहाल्नु हतार हुने खरालको बुझाइ छ।

    ‘सबै छरछिमेकी/साथीभाइ एमालेमा गइसक्नुभो। आफू एक्लो भएर बस्न पनि अप्ठ्यारो हुँदो रै’छ। माओवादीको संगठन पनि खासै देखिएन। हुन त म माओवादीले नै यो ठाउँमा ल्याएको हो। माओवादीलाई दोष दिने कामै गर्दिन। माओवादीबाट मलाई त्यस्तो असर परेको पनि छैन,’ खरालले भनिन्। कसैको करकाप र दवावले एमालेमा प्रवेश नगरेको उनको दावी छ।

    एमालेबाटै राजनीति सुरुवात गरेकी खराल २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उप प्रमुखको उम्मेद्वार बनेर विजयी भएकी थिइन।

    ‘पार्टीमा खासै मलाई केही समस्या भएको होइन। कसैको करकाप दवावले पनि होइन। म स्वेच्छाले एमालेमा गएको,’ खरालले भनिन्, ‘पहिला पनि एमालेमै थिएँ। त्यतिबेला पनि मैले वडा सदस्यमा लोकप्रिय मत ल्याएर जितेको थिएँ। माओवादीबाटै मैले उपप्रमुखमा जितेको हो।,’

    माओवादीमा आउने जाने धेरै

    नेकपा माओवादी केन्द्रले असारमा बसेको केन्द्रीय कमिटीको बैठकले १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टी परित्याग गरेको भन्दै कारवाही गरेको थियो। त्यसयता के कतिले पार्टी छोडे भन्नेबारे माओवादी केन्द्रसँग एकिन तथ्याङ्क छैन। सोमवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पार्टीको अवस्थाबारे रिपोर्टिङ भएको भए पनि पछिल्लो तथ्याङ्क अपडेट भएन। चुनावको मुखमा दिनदिनै पार्टीमा आउने जानेको लहर चलेपछि माओवादी केन्द्रले तथ्यांक राख्‍न नसकेको हो। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले नयाँ तथ्याङ्क नआएको बताए। ‘अहिलेको लेटेस्ट अपडेट भएको छैन। पार्टीमा रिपोर्टिङ त भएको छ,’ उनले भने।

    एमालेको रणनीति नै जनप्रतिनिधि तान्ने

    स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले देशव्यापी रुपमा पार्टीमा अरु दलका नेता/कार्यकर्तालाई प्रवेशको अभियान चलाइरहेको छ। त्यसका लागि एमाले अध्यक्ष ओली देश दौडाहमा छन्। पार्टीमा प्रवेश गर्नेहरुको संख्या धेरै हुने भएकाले एक दिनको कार्यक्रमलाई दुई/तीन दिनसम्म लम्ब्याउनु परेको एमालेका नेताहरुको दाबी छ। यही क्रममा एमाले अध्यक्ष ओली शनिवार बारा जाने तयारीमा छन्। त्यहाँ आमसभा छ। त्यसपछि वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि तयार हुँदैछ। सरावगी र ओलीबिच केही समययता घनीभूत संवाद चल्दै आएको एमाले वृत्तमा चर्चा छ।

    समाजवादीको चुनावी आधार नै नेता तान्ने

    सत्तारुढ दल नेकपा एकीकृत समाजवादी स्थानीय तहको चुनावलाई केन्द्रीत गरेर कम्युनिस्ट दलहरुका नेता/कार्यकर्ता तान्ने दौडमा छ। पहिलो निर्वाचन भएकाले एकीकृत समाजवादीका लागि जीवनमरणको प्रश्न छ यसपटक। तर अपेक्षाअनुसार नेता तान्न समाजवादी सफल देखिन्न। एकीकृत समाजवादीको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयमा अरु पार्टीबाट समाजवादीमा आउन आह्वान गरेको उल्लेख छ।

    ‘सही राजनीतिक कार्यदिशा अंगालेका सम्पूर्ण कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सिद्धान्तनिष्ठ एकीकृत कम्युनिष्ट आन्दोलनको विकास गर्नका लागि एकताबद्ध हुन यो बैठक आह्वान गर्दछ,’ निर्णयमा भनिएको छ।

    एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठका अनुसार सत्ता गठबन्धन कायम नभएको अवस्थामा के गर्ने भन्नेबारेमा पनि बैठकमा छलफल भएको थियो। एमालेमा असन्तुष्ट रहेको नेता कार्यकर्तालाई आफ्नो पार्टीमा तानेर चुनावमा बलियो उपस्थिति देखाउने दाउमा समाजवादी रहेको उनले बताए।

    ‘गठबन्धन भए राम्रै भइगो। नभएको अवस्थामा पनि ससाना दलहरुसँग सहकार्य गर्ने र समाजवादीमा आउनेलाई स्वागत गर्ने चुनाव जित्ने हो,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑