महोत्तरी । महोत्तरीमा मोटरसाइकललाई सुमो गाडी ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बालक पनि छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ निवासी २२ वर्षीय सञ्जीत मण्डल र सम्सी गाउँपालिका वडा नम्बर १ पर्सा निवासी प्रवोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेका छन् ।
सोमबार औरही नगरपालिका वडा नम्बर ४ कठुधारस्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.२-०२-००१ च.०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना हुँदा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक युवक सञ्जीत र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए । दुबैजनालाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुबैजनाको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।