• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तरप्रदेश सहकार्यको आवश्यकता : मुख्यमन्त्री पोखरेल

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७८, शनिबार १९:०४
  • २८५७

    जनकपुरधाम | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यकता रहेको औंल्याएका छन्।मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्र खोजी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताएका छन्।

    शनिबार जनकपुर-पोखरा विमानसेवा शुरु भएपछि पहिलो उडानमा मधेश भ्रमणमा जनकपुरधाम पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेशबीचको सम्बन्ध बलियो बनाउनुपर्ने बताए।

    शनिबार बिहान बुद्ध एयरको जहाजबाट जनकपुरधाम आइपुगेका पोखरेललाई मधेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए। दुबै मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगी जनकपुरधाम फर्किएका थिए।

    रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने बताए।

    उनले पहिलाको एकल बहुमतको सरकार हटेर पाँच राजनीतिक दलको गठबन्धनको सरकार बने पनि संघीयतालाई मजबुत बनाउने सवालमा तात्त्विक भिन्नता नदेखिएको समेत बताए। उनले संघीयतालाई मजबुत बनाउन सातै प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रूपमा आवाज उठाउनुपर्ने जानकारी गराए।

    प्रदेशहरू अस्तित्वमा आइसकेपछि अन्तरप्रदेश आदानप्रदान हुनुपर्ने मान्यताअनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ  थियो।

    दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने बताए।

    यस्तो छ मधेशमा कार्यक्रम
    शनिबार जनकपुरधाम आएका पोखरेल आइतबार सोमबार प्रस्थान गर्नेछन्। यसबीचमा उनले जनकपुरधाम–धनुषाधाम मन्दिरमा पूजापाठ गर्नेछन् भने शनिबारै साँझ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग अन्तरसंवाद गर्नेछन्।

    यसपछि उनी गंगासागर आरतिमा सरिक हुनेछन्। आइतबार बिहान जानकी मन्दिर, राजदेवी र राम मन्दिरमा पूजापाठ गरेर बर्दिबासमा खाजा खाने कार्यक्रम राखिएको छ।

    त्यसपछि महोत्तरीको टुटेश्वर महादेव मन्दिरमा पूजा गर्दै सर्लाहीको भरत ताल र रौतहटको नुनथर तालको अवलोकन गर्नेछन्। मुख्यमन्त्री पोखरेलले पर्सा राष्ट्रिय निकुञ्ज र गढीमाई मन्दिरमा पूजा गरी जनकपुरधाम फर्किनेछन्।

    सोमबार महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेपछि खाजा खुवाएर उनको बिदाइ गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारले जानकारी दिए।

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑