• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालको चाँदी भारतमा तस्करी, बजारमा अभाव

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७८, शनिबार १८:२२
  • २२६१

    वीरगंज | पछिल्लो तीन वर्षमा भारत तस्करी हुँदै गरेको ३३२.२८७ केजी चाँदी प्रहरीले बरामद गरेको छ । सबैभन्दा धेरै गत आर्थिक ०७७/७८ मा १५१.२०९ केजी बरामद भएको छ । त्यस्तै, आव ०७५/७६ मा ११५.२४५ केजी र आव ०७६/७७ मा ६५.८३४ केजी बरामद भएको प्रहरीले जनाएको छ । कर्णालीबाहेक सबै प्रदेशबाट चाँदी तस्करी हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । पछिल्ला तीन वर्षमा सबैभन्दा धेरै मधेस प्रदेशबाट २१६.४३ केजी तस्करीको चाँदी बरामद भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशबाट ४७.३१३ केजी, बागमतीबाट ४१.१२३ केजी, काठमाडौं उपत्यकाबाट १५.५० केजी, सुदूरपश्चिमबाट १० केजी, गण्डकीबाट १.४१० केजी र प्रदेश १ बाट ८९८ ग्राम तस्करीको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

    …                                               …

    चीन, हङकङ, इंग्ल्यान्ड, स्विटजरल्यान्ड, टर्की, युएईलगायत मुलुकबाट अमेरिकी डलरमा खरिद गरेर नेपाल ल्याइएको चाँदी भारततर्फ तस्करी हुने गरेको छ । नेपालमा चाँदीको मूल्य भारतमा भन्दा सस्तो भएकाले तस्करी हुने गरेको हो । ठूलो मात्रामा तस्करी हुँदा नेपाली बजारमा भने चाँदी अभाव हुन्छ ।

    पछिल्ला तीन वर्षमा मात्रै नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको ३३२.२८७ किलो चाँदी बरामद भएको प्रहरी तथ्यांक छ । यसमध्ये २१६.०४३ किलो अर्थात् ६५ प्रतिशत मधेस प्रदेशबाट मात्रै बरामद भएको थियो । तस्करीमा भारतीय मात्र होइन, नेपाली नागरिकसमेत संलग्न छन् ।

    ‘नेपालबाट भारततर्फ चाँदी तस्करी हुने गरेको तथ्यहरूले नै देखाएको छ । नेपाली चाँदी शुद्ध हुने भारतीय व्यापारीहरूको मान्यता देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले भने, ‘भारतबाट सोही चाँदी गहना बनेर आउने गरेको बरामदी घटनाक्रमले देखाउँछ ।’

    चालू आवको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा मात्रै नौ अर्ब ६९ करोड ९३ लाख ४२ हजार दुई सय २६ किलो चाँदी आयात भयो । वैधानिक तवरले आयात भएको उक्त चाँदीको अधिकांश हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्न नपाउँदै घरेलु हवाई मैदानबाट विराटनगर, जनकपुर र बारा विमानस्थल पुग्यो । जुनवेला भारतमा चाँदीको मूल्य नेपालको भन्दा प्रतितोला २५ रुपैयाँ महँगो थियो ।

    टनका टन चाँदी शंकास्पद तवरले तराई जान थालेपछि राष्ट्र बैंकले गत १५ कात्तिकदेखि चाँदीको भन्सार मूल्य प्रतिकिलो आठ हजार पाँच सयबाट एकैचोटि ११ हजार पुर्‍यायो । चाँदीको मूल्य भारत र नेपाली बजारमा बल्ल बराबर भयो । त्यसपछि ट्रेन्ड केही फेरियो । तर, तीन महिनाअघि नेपाल आयात भएका चाँदी भाटभाट भारतीय बजार पुगेपछि अहिले नेपाली बजारमा हाहाकार भएको छ । भन्सार विभागका प्रवक्ता टंकप्रसाद पाण्डे भन्छन्, ‘यति धेरै चाँदी आयात भएको छ । तर, नेपाली बजारमा अहिले चाँदीको अभाव देखिएको छ । कहाँ गयो त्यति धेरै चाँदी ? दक्षिणतर्फका नाकामा चाँदी बरामदका घटनाले नै उत्तर दिन्छ । हामीकहाँ आयात गरिएको चाँदी भारतीय बजारतर्फ गए कि ?’

    नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल पनि नेपालबाट भारततर्फ चाँदी तस्करी भएको बताउँछन् । ‘भारतीय बजारमा चाँदीको माग ठूलो छ । नेपालमा आयात भएको चाँदी उतै जाने गरेको विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । बजारमा चाँदी अभाव हुनुको एउटा कारण यो हुन सक्छ ।’

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले मधेस प्रदेशमा चाँदी धेरै बरामद हुनुको कारण खपत र तस्करी रहेको बताउँछन् । उनी भन्छन्, ‘मधेस प्रदेशमा चाँदीको गहना धेरै प्रयोग हुन्छ । धार्मिक अनुष्ठानदेखि सांस्कृतिक कर्ममा मधेसमा यस्ता गहना धेरै प्रयोग हुने गरेको देखिन्छ । त्यसो हुँदा धेरै चाँदी बरामद भएको हुन सक्छ । यस प्रदेशबाट तस्करी पनि हुने गर्छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल चाँदीको बजारमूल्य व्यवस्थित गर्न भन्सार मूल्य बढाइएको बताउँछन् । उनी भन्छन्, ‘चाँदीको मूल्यलाई अन्तर्राष्ट्रिय बजारअनुसार केही व्यवस्थित गर्नु थियो । त्यसो हुँदा भन्सार मूल्य केही बढाइएको हो । यसले चाँदीको बजार मूल्यलाई व्यवस्थित तुल्याउँछ ।’

    पछिल्ला दिन नेपालमा अमेरिकी डलरको सञ्चिति घट्नुलाई पनि चाँदी अभावको अर्को कारण मानिएको छ । राष्ट्र बैंकले एकपटकमा ४२ लाख रुपैयाँ मूल्यबराबरको मात्रै चाँदी ल्याउन स्वीकृति दिएको छ । जब कि यसअघि एकपटकमा १० करोड रुपैयाँसम्मको चाँदी आयात गर्न सकिन्थ्यो ।

    भन्सार विभागको तथ्यांकअनुसार नेपालमा ५४ महिनायता ६,७०,५२०.७४६ किलो अर्थात् ७३९.१२२ टन चाँदी नेपाल भित्रिएको छ । जसमा नेपालको ५२ अर्ब ६७ करोड सात लाख ७४ हजार रुपैयाँ बिदेसिएको छ । ५४ महिनामा भित्रिएको परिमाणलाई आधार मान्दा प्रत्येक वर्ष १,४९,००४.६१० किलो अर्थात् १६२.२४९ टन चाँदी भित्रिने गरेको छ । यसमा प्रत्येक वर्ष सरदर ११ अर्ब ७० करोड ४६ लाख १४ हजार चार सय ४४ रुपैयाँ बाहिरिन्छ । तथ्यांकअनुसार नेपालमा भित्रिने सबैभन्दा धेरै नम्बरी चाँदी नै हो । त्यसपछि चाँदीको धाउ (कच्चा पदार्थ) बढी भित्रिन्छ । त्यस्तै, धुलो चाँदी पनि ल्याइने गरेको छ ।

    चालू आवको ६ महिनामै १४ अर्बको डेढ लाख किलाे चाँदी आयात, तर बजारमा अभाव

    भान्सार विभागको तथ्यांकअनुसार चालू आवको पुससम्म १४ अर्ब ४५ करोड ३१ लाख ५३ हजार मूल्यबराबरको एक लाख ५७ हजार ६ सय ७४ किलो अर्थात् १७३ टन चाँदी आयात भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा दैनिक तीन सयदेखि चार सय किलो चाँदी खपत हुन्छ ।

    मागको तुलनामा चाँदी आयात नै धेरै छ, तैपनि बजारमा चाँदीको हाहाकार छ । व्यवसायीहरू अहिले मागको मुस्किलले ५० प्रतिशत मात्रै उपलब्ध भएको बताउँछन् । महासंघ अध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘नेपाली बजारमा दैनिक तीन सयदेखि चार सय किलो चाँदी माग छ । तर, हामीले अहिले दैनिक एक सय ५० किलो मात्रै दिन सकिरहेका छौँ । बजारमा चाँदी अभाव छ ।’ बजारमा अभाव भएपछि सुनचाँदी व्यवसायी नेपाल राष्ट्र बैंकको ढुकुटीमा राखिएका चाँदी खरिद गर्ने पक्षमा पुगेका छन् । शाक्यले भने, ‘मुलुकभर २५ सय व्यवसायी छन् । दुई लाख मान्छे रोजगारमा जोडिएका छन् । तर, चाँदी अभाव छ । अब हामी राष्ट्र बैंकको ढुकुटीमा रहेको चाँदी खरिद गर्ने पक्षमा छौँ । यो प्रस्ताव लिएर जान्छौँ ।’

    रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला घटनाले यस्तै देखाउँछ ।

    पछिल्लो सात महिनायता अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै २१.५२२ केजी सुन बरामद भएको छ । जसको बजारमूल्य एक अर्ब ७३ करोड ६८ लाख ९९ हजार ५१ रुपैयाँ हुन्छ । प्रहरीका अनुसार पछिल्ला दिनमा तस्करले तस्करीका लागि अनौठा–अनौठा तरिका अपनाउने गरेका छन् ।

    तस्करीका लागि धेरै प्रयोगमा ल्याइएको तरिका क्याप्सुल हो । गत २९ मंसिरमा दुबईबाट काठमाडौं आएका ३२ वर्षीय भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेखलाई प्रहरीले सुनसहित पक्राउ गर्‍यो । उनले क्याप्सुल बनाएर दुबईदेखि सुन ल्याएका थिए । अर्धतरल र धुलोमा बदलेर पनि तस्कर हुने गरेको छ ।

    दुबईबाटै गत २९ माघमा काठमाडौं आएका चिनियाँ नागरिक झाङ लीलाई प्रहरीले ४.८४० केजी सुनसहित पक्राउ गर्‍यो । उनले धुलो र अर्धतरल बनाएर सुन ल्याएका थिए । अन्डरवेयरभित्र फल्स बटम बनाई ल्याइएको सुनलाई प्रहरीको मेटल डिटेक्टरले समेत पहिचान गर्न सकेको थिएन । उनलाई आगमन कक्षबाहिर पक्राउ गरिएको थियो ।

    त्यसबाहेक तार र गहनामा परिणत गरेर पनि सुन तस्करी गर्ने गरिएको छ । गत १३ फागुनमा एक किलो एक सय ६५ ग्राम सुनसहित पक्राउ परेका ३४ वर्षीय कमल घिमिरेले सोही तरिका अपनाएका थिए । उनले ज्याकेटभित्र स–सानो खल्ती बनाई दुबइबाट सुन ल्याएका थिए । उनलाई भन्सारमा सघाउने काम भने बिमानस्थलस्थित अध्यागमन कार्यालयका नायव सुब्बा लक्ष्मण गुरागाईले गरेका थिए ।

    बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाउने गरेको बताए । उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका छौं । तैपनि तस्कररूले अनेक तरिका अपनाएर तस्करी गरिरहेका छन् । कोही क्याप्सुल बनाएर ल्याउँछन् । कसैले अर्ध तरल बनाउँछन । धुलो बनाएर पनि तस्करी हुने गरेको भेटिएको छ । त्यसबाहेक गहना बनाएर ल्याउने पनि धेरै छन् ।’

    पाँच बर्षमा चार सय सात किलो सुन बरामद
    आर्थिक बर्ष ०७३/७४ देखि ०७७/७८ सम्मको पाँच बर्षको अवधिमा प्रहरीले तस्करी हुँदै गरेको करिब चार सय सात किलो सुन बरामत गरेको छ । प्रहरीको तथ्यांकअनुसार ०७७/७८ मा ३७ किलो नौ सय ९७ ग्राम, ०७६/७७ मा ३३ किलो सात सय ५३ ग्राम, ०७५/७६ मा ६० किलो चाठ सय पाँच ग्राम र ०७४/७५ मा दुई सय आठ किलो नौ सय ६९ ग्राम सुन बरामद भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑