वीरगंज | युक्रेनमाथिको आक्रमणका क्रममा अहिलेसम्म करिब ५ सय सैनिक मारिएका रुसी रक्षा मन्त्रालयले स्विकार गरेको छ । आफ्ना सैनिकको मृत्यु र घाइते भएको विवरण रुसले पहिलोपटक विवरण सार्वजनिक गरेको हो ।
रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा झण्डै १ हजार ६०० घाइते भएका छन् । विश्लेषकहरूले भने त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन् ।
यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको भनाइ छ ।