वीरगन्ज । सबडिभिजन बन कर्यालय रङ्गपुरटाडी र इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीको संयुक्त टोलिले ७ थान शालको गोलिया परालमा लुकाइ राखिएको अवस्थामा छापामारी गरि बरामद गरेका छन ।
पर्साको सबडिभिजन बन कर्यालय रङ्गपुरटाडी र इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीको संयुक्त टोलिले ४ थान शालको गोलिया र गाउँपालिकाको वडा नम्बर ३ कटैयाबाट ३ थान शालको गोलिया परालमा लुकाइ राखिएको अवस्थामा छापामारी गरि बरामद गरेका हो ।
पर्साको सबडिभिजन बन कर्यालय रङ्गपुरटाडीको सहायक बन अधिकृत कपिलदेव यादव र इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा रास्ट्रीय बन जङ्गलबाट शालको काठ बरामद गरेको हो ।
बरामद भएको कुल शालको ७ थान काठ ३२ क्यु फिट रहेको र बरामद गरिएको शालको काठ ट्रैक्टरमा लोडगरी सब डिभिजन बन कर्यालय रङ्गपुरटाडीमा राखी थप अनुशन्धान भै रहेको सहायक बन अधिकृत कपिलदेव यादवले बताएका छन ।