काठमाडौं । एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन सडकमा उत्रिएका छन् । उनीहरुले आज नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
संसद भवनअगाडि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।यसअघि ४ गते पनि एमसीसीविरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए । साथै, विप्लव नेतृत्वको नेकपालगायतका साना ६ वाम दलले पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
संसद भवन आसपास एमसीसीविरुद्ध प्रदर्शन भएपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधबार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरी र अश्रुग्यास प्रहार गरेको थियो ।