जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले चार वर्षका ‘उपलब्धि’ सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री राउतले मंगलबार एक कार्यक्रममार्फत् २०७४ फागुन ३ मा सरकार गठन भएयता भएका ‘उपलब्धि’ सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्रीले सार्वजनिक गरिएको ‘उपलब्धि’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण, ६४ निर्वाचन क्षेत्रमा पाँच किलो मिटर कालोपत्रे सडक बनाउन बोलपत्र सूचना प्रकाशन गरिएको, दुई सय २५ किलोमिटर माटो सडक निर्माण भएको र सडकको ग्राभेल, कालोपत्रे, ढलान, पुल निर्माण, सिँचाइँ, झोलुंगे पुल, नहर, सामुदायिक भवन निर्माण, बस्ती संरक्षण, धर्मशाल निर्माण, जनता आवास कार्यक्रमलगायत कामकारबाही समेटिएको छ ।
त्यसैगरी, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका महत्वपूर्ण योजनाअन्तर्गत ‘बेटी पढाऊ बेटी बचाऊ’, सहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनका लागि अनुदान पनि ‘उपलब्धि’मा समेटिएको छ ।
हेर्नुहोस् मुख्यमन्त्रीले सार्वजनिक गरेको ‘उपलब्धि’हरू :