वीरगंज | नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ६ हजार १४६ जना संक्रमण मुक्त भएका छन् । साथै संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ११ हजार ८२७ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।