वीरगंज | नेपाल प्रहरीका ६६ हजार ३ सय १९ जना सुरक्षाकर्मीले पूर्ण खोप लगाएका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागी फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।
माघ १७ सम्ममा ७० हजार ७० जनाले पहिलो डोज खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।
प्रवक्ता केसीका अनुसार २७ हजार ५५ जना प्रहरी कर्मचारीले बुस्टर डोज लगाएका छन् ।