वीरगंज | नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
सोही अवधिमा नेपालमा ८ हजार २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।
नेपालमा आज ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ११ हजार ७५२ पुगेको छ । देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।