• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय चुनावको खर्च : आयोगलाई १२ अर्ब, सुरक्षालाई २५ अर्ब

  • वीरगंज संजाल
  • १७ माघ २०७८, सोमबार १०:५९
  • ३१२९

    देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव नेपालको निर्वाचन इतिहासकै महँगो चुनाव हुनेछ ।

    अनुमान गरिएको यो खर्च निर्वाचन आयोगले गर्ने कामका लागि मात्र हो । सुरक्षा प्रयोजनमा आयोगको भन्दा दोब्बर खर्च लाग्ने गरेको विगतको इतिहास छ । आयोगका पदाधिकारीका अनुसार सुरक्षा परिचालनमा २५ अर्ब रुपैयाँ जति खर्च लाग्न सक्छ ।

    निर्वाचन आयोगले २०७४ सालमा स्थानीय तहको चुनाव गराउँदा ८ अर्ब ११ करोड र  संघ/प्रदेशको चुनाव गराउँदा आयोगले ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको जानकारी दिएको थियो । यस हिसाबले अघिल्लो स्थानीय तह चुनावभन्दा आगामी चुनावमा आयोगले मात्रै झण्डै तीन अर्ब रुपैयाँ बढी खर्च गर्ने देखिएको छ ।

    अघिल्लो चुनावभन्दा आगामी चुनाव कम्तीमा ३० प्रतिशत महँगो हुने निर्वाचन आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलले वीरगंज संजाल

    बताए । ‘कोरोना महामारीबाट मतदाता र निर्वाचनमा खटिइने जनशक्तिलाई जोगाउनुपर्नेछ, रोकथामका सामग्री खरिद गर्नुपर्छ,’ पौडेलले भने, ‘डलरको भाउ बढेकाले विदेशबाट आयात हुने सामानको भाउ पनि स्वतः बढ्छ, यो चार वर्षमा कर्मचारीको तलब नै ३० प्रतिशतले बढिसकेको छ, अबको चुनाव कति महँगो हुन्छ भन्ने अनुमान यसबाट नै लगाउन सकिन्छ ।’

    एक हजार मतदाताका लागि एउटा मतदान केन्द्र आवश्यक पर्ने मापदण्ड आयोगले बनाएको छ । २०७४ को निर्वाचनयता २० लाख मतदाता थपिएका छन् । यस हिसाबले आगामी चुनावमा दुई हजार मतदान केन्द्र थपिनेछन् । आयोगले हरेक मतदान केन्द्रमा एक मतदान अधिकृत र आठदेखि १० जना कर्मचारी खटाउँछ । जिल्ला र प्रदेश तहका संरचनामा पनि आयोगले चुनावका बेला निकै खर्च गर्ने गर्छ ।स्थानीय तह चुनाव आगामी जेठमा गर्न सत्ता साझेदार दलहरू सहमत देखिएका छन् । अब सरकारले निर्वाचन आयोगसँग राय माग्नेछ । निर्वाचन आयोगले आवश्यक राय दिएपछि मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्नेछ । सो घोषणा राजपत्रमा प्रकाशन गरेपछि आयोगले निर्वाचन कार्यतालिका, आर्थिकलगायत विभिन्न कार्यविधिहरू र आचारसंहिता बनाउनेछ । निर्वाचन मिति घोषणा भएपछि नै आयोगले अर्थ मन्त्रालयसँग बजेट माग्नेछ । यो आर्थिक वर्षमा स्थानीय चुनाव मात्रै हुने भए पनि अब सरकार ११/१२ अर्ब रुपैयाँ जोहो गर्न लाग्नुपर्नेछ ।
    आयोगको आर्थिक प्रशासन शाखाका प्रमुख एवम् उपसचिव मुकुन्द केशरी पोखरेलले आगामी स्थानीय तह निर्वाचन सम्पन्न गराउन आवश्यक खर्चबारे आधिकारिक अनुमान नगरिएको, तर खर्च बढ्ने पक्कापक्की रहेको बताए । निर्वाचन मिति घोषणा भएपछि स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम आयोगले खर्च निर्धारण गर्ने उनले जानकारी दिए ।

    ‘हरेक स्थानीय तहमा एक निर्वाचन कार्यालय खोल्नुपर्छ, यस हिसाबले ७५३ वटा निर्वाचन कार्यालय रहनेछन्,’ उनले भने, ‘२१ हजार हाराहारी मतदान केन्द्र, प्रत्येक केन्द्रमा आठदेखि १० जना जनशक्ति, ७५३ वटा मतदान अधिकृत कार्यालयलगायत संरचनामा निकै ठुलो खर्च हुन्छ नै, अब जति चाँडो चुनाव गरायो–खर्च उत्ति नै कम हुन्छ । चुनाव गराउन ढिलाइ भए खर्च त्यत्ति नै बढ्छ ।’

    निर्वाचन आयोगले मतदान मितिभन्दा कम्तीमा दुई महिना अघि नै निर्वाचन अधिकृतको कार्यालय खोल्नुपर्छ । मतगणना गरी उम्मेदवारलाई प्रमाणपत्र दिएपछि पनि अन्य दायित्व पूरा गर्न यी कार्यालय थप आधा महिना सञ्चालन गर्नुपर्छ । यी कार्यालय राख्न आयोगले घर भाडामै लिनुपर्छ । कार्यालयलाई आवश्यक फर्निचर, बिजुली, पानी र मसलन्द लगायत सामग्री खरिदमा निकै खर्च लाग्ने पोखरेलले जानकारी दिए ।

    चुनावका बेला आयोगले मुख्यतः जनशक्ति परिचालन, निर्वाचन सामग्री (मतदाता नामावली, मतपत्र, छाप, मसी आदि) मा धेरै खर्च गर्नुपर्छ । चुनावमा खटिइने जनशक्तिलाई दैनिक भत्ता पनि खर्च बढाउने अर्को प्रमुख कारण हो ।

    चुनाव गराउन मतदान केन्द्र छेकबार, मतपेटिका र स्टेशनरी लगायत १५६ प्रकारका सामग्री खरिद गर्नुपर्ने आयोगका अधिकारीहरू बताउँछन् । चुनावमा खटिने सुरक्षाकर्मीलाई खाजाभत्ता भने आयोगले नै दिन्छ । अनुगमनको पाटोमा भने आयोग अनुगमनकर्ता संस्था र व्यक्तिमाथि निर्भर हुने गर्छ । यसमा आयोगले नै धेरै खर्च नगर्ने लेखा प्रमुख पोख्रेल बताउँछन् ।

    निर्वाचन आयोगका पदाधिकारीका अनुसार करिब ११ देखि १२ अर्ब सम्म हुने खर्च निर्वाचन आयोगको मात्रै हो । सुरक्षा परिचालनमा गृह र रक्षा मन्त्रालय मातहत हुने खर्च २५ अर्बको हाराहारीमा हुने आयोगका एक अधिकारीले रातोपाटीलाई प्रारम्भिक अनुमान सुनाए ।

    आयोगले गर्ने कुल खर्चमध्ये करिब ८६ प्रतिशत रकम जिल्ला र स्थानीय निर्वाचन कार्यालयहरूमा जान्छ, बाँकी १४ प्रतिशत आयोगको केन्द्रबाट खर्च हुने आयोगको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑