बारा । बारामा पार्किङ्ग गरि राखिएका बसमा रातिको समयमा अज्ञात समूहले आगजनी गरेका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ६ स्थित कुमारगढी गाउँमा अज्ञात समुहले यात्रु बाहक बस जलाएका छन् ।
उक्त गाउँमा पार्किङ्ग गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रु बाहक बसमा शनिबार रातिको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तेज प्रताप चौधरीले उक्त गाडी पार्किङ गरेका थिए । आगजनी कसले र किन गरेको अहिले खुल्न आएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका टोली घटना स्थल पुगेर बसमा आगजनी बारा छानबिन सुरु गरिएको छ ।