• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसकारण चिसोमा भाइरसजन्य संक्रमणको जोखिम बढी

  • वीरगंज संजाल
  • १५ माघ २०७८, शनिबार ०९:१६
  • ३२७३

    वीरगंज | देशभर चिसो बढ्दो छ। चिसोमा भाइरल इन्फेक्सनको जोखिम पनि बढी हुन्छ। यसो भन्दैमा गर्मीमा जोखिम हुँदै नहुने भन्ने होइन। तुलनात्मक रुपमा चिसोमा जोखिम बढी हुन्छ। चिसो समयमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने चिकित्सक बताउँछन्।

    सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीका अनुसार चिसोमा रुघाखोकीको समस्या बढ्नुका साथै भाइरस पनि लामो समयसम्म जीवित रहन सक्छ। यी दुवैका कारण पनि चिसोमा संक्रमणको जोखिम बढ्न सक्ने उनी बताउँछन्।

    उनले भने, ‘चिसोमा रुघाखोकीको समस्या बढ्छ। भाइरस पनि लामो समयसम्म जीवित रहन सक्छ। त्यसैले चिसोमा भाइरस संक्रमणको जोखिम बढ्ने हो।’

    अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार चिसोमा भाइरस सक्रिय हुन्छ र भाइरल लोड पनि बढ्छ। चिसोमै नाक, मुख र घाँटीका कोषिकाहरु पनि सुख्खा हुन्छ। यी सब कारण भाइरसको संक्रमण फैलने जोखिम पनि बढ्ने उनी बताउँछन्।

    डा बाँस्तोला भन्छन्, ‘जाडोका कारण भाइरस सक्रिय हुन्छ। भाइरल लोड पनि बढेर जान्छ। यसमा भएको ह्युमिलिटीका कारण नाक, मुख र घाँटीका कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्छ।’

    जाडोमा अधिकांश व्यक्तिहरु कोठामा गुम्सिएर बस्छन्। कोठामा गुम्सिएर बस्दा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्ने डा बाँस्तोला बताउँछन्।

    उनले भने, ‘जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्ने गर्छन्। यदि कोही व्यक्ति संक्रमित छन् भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ।’

    चिसोमा अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम हुने भएकाले जटिलता थप्ने काम गर्ने उनले बताए।

    अर्को पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ। डा बाँस्तोलाका अनुसार चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ। त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्ने उनले बताए।

    अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन चिसो मौसममा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन नभए पनि सम्भावनालाई नकार्न भने सक्दैनन्। चिसो मौसममा भाइरल इन्फेक्सन बढ्ने भएकाले कोरोनाको जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ।

    उनी भन्छन्, ‘चिसो तथा सुख्खा मौसममा भाइरस सक्रिय हुन्छन्। चिसोमा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन त छैन। तर यसको सम्भावनालाई नर्कान पनि सकिँदैन।’

    सुरुवाती दिनमा चीनको वुहानमा कोरोना देखिँदा पनि त्यहाँ चिसो मौसम थियो। भाइरसको प्रकृति, देखिइरहेको अवस्थालाई हेर्दा कोरोनाको जोखिम बढ्न सक्ने डा पुन बताउँछन्।

    बढ्दो चिसाले विशेषगरी बालबालिका, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सताउँछ। चिसोका कारण भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या तत्काल देखापरे उपचारको आवश्यक पर्ने डा पुनको सुझाव छ।

    चिसो मौसममै भाइरस संक्रमणको जोखिम किन ?
    कतिपय चिकित्सक चिसोमा भाइरस सक्रिय हुने बताउँछन्। तर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको माइक्रोबायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा मेघराज बञ्जारा भाइरस कहिले पनि सक्रिय र निष्क्रिय नहुने स्पष्ट पार्छन्।

    भाइरस निर्जीव हुन्छ। मानिसको शरीरमा प्रवेश गरेपछि मात्र भाइरस सजीव हुने उनी बताउँछन्। उनी भन्छन्, ‘भाइरस सक्रिय, निष्क्रिय भन्ने हुँदैन। भाइरस बाहिरी वातावरणमा रहँदासम्म निर्जीव हुन्छ र मानिसको शरीरभित्र पसेपछि मात्र सजीव हुने हो।’

    विभिन्न माध्यमबाट मानिसको शरीरभित्र पसेपछि मात्र भाइरसले संक्रमण गर्ने उनी बताउँछन्। यद्यपि, श्वासनलीको संक्रमण गराउने भाइरसहरुको जोखिम चिसोमै बढी हुने उनले बताए।

    उनी भन्छन्, ‘श्वासनलीको संक्रमण गराउने भाइरसको प्रकोप चिसोमा बढी देखिन्छ। यसको अर्थ अन्य समयमा नहुने भन्ने होइन। तर चिसोमा जोखिम बढी हुन्छ।’

    डा बञ्जाराका अनुसार हरेक भाइरस र रोगको आफ्नै सिजनल ट्रेन्ड हुन्छ। डेंगु र रोटा भाइरसले हुने झाडापखाला गर्मीमा बढी देखिएजस्तै भाइरल इन्फेक्सन चिसोमा बढी हुन्छ।

    चिसोमै भाइरसजन्य संक्रमणको जोखिम बढी हुनुको कारण के ? डा बञ्जारालाई यसलाई यसरी स्पष्ट पार्छन्–
    रोगसँग लड्न हाम्रो शरीरमा दुई किसिमको इम्युनिटी पावर हुन्छ। एक हो, नन स्पेसिफिसिक इम्युनिटी, यसमा कुनै भाइरस शरीरमा प्रवेश गरेपछि शरीरले सबैलाई एकै किसिमको व्यवहार गरी नष्ट गर्छ। दोस्रो, स्पेसिफिसिक इन्युनिटी, यसमा भाइरस अनुसार शरीरले विशेष प्रतिक्रिया जनाउँछ। यी दुवै इम्युनिटी पावर शरीरमा चिसोमा कम भएर जान्छ।

    शरीरमा हुने म्युकस लियरले कोषहरु ढाकेको हुन्छ। यो म्युकस लियरले कोषहरुलाई संक्रमण हुनबाट जोगाउँछ। कोषहरुलाई संक्रमणबाट जोगाउने म्युकस लियर जाडोमा थोरै उत्पादन हुन्छ। यसले गर्दा भाइरसले कोषहरुमा सिधै आक्रमण गर्न सक्ने भए। यसले गर्दा नै चिसोमा भाइरस संक्रमणको जोखिम बढी हुने गरेको उनी बताउँछन्।

    अर्को भनेको शरीरमा विभिन्न भाइरसबाट जोगाउने फागोसाइटिस सेलको उत्पादन पनि कम हुन्छ। त्यसैले पनि चिसोमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ।

    चिसोमा धेरैजसो मानिसहरु एकै ठाउँमा गुम्सिएर बस्दा पनि भाइरस संक्रमणको जोखिम धेरै हुन्छ। भाइरसले संक्रमण गरेपछि शरीरमा भएको सेलहरु मर्छ, त्यसैले कारणले घाँटी दुख्ने समस्या आउने उनी बताउँछन्।

    ‘जाडोमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र म्युकस कम उत्पादन हुने तथा म्युकस लिएर पातलो हुने गर्दा संक्रमण सजिलैसँग हुने भयो,’ उनले भने।

    कोरोनाले विशेषगरी फोक्सोमा संक्रमण गरी निमोनिया गराउने चिकित्सक बताउँछन्। तर डा बञ्जारा भने भाइरसको संक्रमणभन्दा पनि त्यसपछि ब्याक्टेरियल र अन्य संक्रमणले गर्दा जटिलता ल्याउने गरेको तर्क गर्छन्।

    ‘कोरोनाले निमोनिया गराएर मृत्यु भइरहेको भनिएको छ। तर भाइरसले गराएको निमोनिया होइन,’ उनले भने, ‘भाइरल संक्रमणपछि ब्याक्टेरियल संक्रमण हुन्छ। सुरुवात भाइरसले गराए पनि ब्याक्टेरियल र अन्य सेकेन्डरी संक्रमणपछि जटिल खालको निमोनिया भएर मानिसको मृत्यु हुन्छ।’

    त्यसैले भाइरसको संक्रमण भए पनि चिकित्सकले ब्याक्टेरियल संक्रमणलाई रोक्न एन्टिबायोटिकको प्रयोग गर्छन्।

    रोकथामका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके संक्रामक रोगहरुलाई रोक्न या सीमित गर्न सकिने उनी बताउँछन्।

    उनी भन्छन्, ‘नसर्ने रोगहरुको प्रायः कारण थाहा हुँदैन। त्यसैले नसर्ने रोगलाई नियन्त्रण गर्न गाह्रो छ। तर संक्रामक रोगहरुको त स्रोत, सर्ने माध्यम, कारण र बच्ने उपाय थाहा हुन्छ। त्यसैले यसको स्रोत थाहा पाएर प्रभावकारी रुपमा उपायहरु अवलम्बन गर्‍यौं भने संक्रमणलाई रोक्न सकिन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑